राजनीति

मध्यमधेशको कार्यक्रममा एक्लै गएका डा.कोईरालाले भने, ‘एमाले मधेशबिरोधी पार्टी हो’

काठमाणडाै । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले एमाले मधेस बिरोधी पार्टी भएको बताएका छन् । तराई–मधेसको समस्या समाधानमा एमालेले अबरोध गरेकाले समस्या जटिल बन्दै गएको बताएका छन्। दोस्रो चरणको निर्वाचनपछी तराई–मधेसले काँग्रेसलाई पहिलो पार्टी बनाउँने बताउदै एमालेको चुरीफुरी अब धेरै दिन नचल्ने पनि बताए। एमाले र माओबादीलाई मुलुकबाट समाप्त गर्न सके मात्रै देशले निकास पाउने बताएका छन्।

नेपाली काँग्रेस राजबिराज नगरसमितीले सप्तरीको राजबिराजमा आयोजना गरेको चूनावी सभालाई संबोधन गर्दै डा. कोईरालाले काँग्रेसले मात्रै मधेसको समस्या समाधान गर्ने बताए।

उक्त कार्यक्रममा कार्यक्रममा एमाले, माओबादी केन्द्र र मधेसी दल परित्याग गरि १७५ जना ब्यक्तीहरू काँग्रेस प्रवेस गरेका थिए।