राजनीति

देउवा प्रधानमन्त्री बन्ने निश्चित भएपछि पदका लोभी ओली आत्तिएको काँग्रेस नेताको भनाई

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा राजीनामा दिने कार्यक्रम रहेका बेला काँग्रेस सभापति शेरबहादुर देउवाको बिरोध गरेका छन् । मंगलबार संसदमा संबोधन गरेर राजीनामा दिने तयारी गरेका बेला निर्बाचनसम्म पर्खन काँग्रेस सभापति देउवालाई आग्रह गरेको बताउदै दोस्रो चरणको निर्बाचन हुनु अगावै राजीनामा दिन नहुने बताएका छन् ।

काँग्रेस र माओबादी केन्द्रले ३ बुंदे सहमती गरेर सरकार चलाएपछि सरकारमा जान नपाएको आरोप लगोको एमाले पुनः देउवा प्रधानमन्त्री बनेपछि पानीबिनाको माछा हुने बिश्लेषण गरिरएको थियो । बहुमतको आधारमा काँग्रेस सभापति देउवा प्रधानमन्त्ती भएको खण्डमा एमालेले सत्ताको स्वादबाट मुक्त हुने समस्या भएको हुंदा त्यह िआक्रोसबाट एमाले अध्यक्ष ओलीले उक्त प्रतिकृया दिएको काँग्रेस नेताहरु बताउछन् । काँग्रेस नेताहरुका अनुसार काँग्रेस र माओबादी सरकारमा पालै पालो गए भने सरकार बाहिर बस्न नचाहाने एमालेलाई छट्पटी भएको बताएका छन् । देउवा प्रधानमन्त्री बन्ने कनफर्म भएपछि एमाले अध्यक्ष ओलीलाई छट्पटी भएको उनीहरुको भनाई छ ।

मलाई देउ भनेर हात थाप्नेलाई मैले भनेको छु, लोकलाज भन्ने हुन्छ कि हुदैन ? २० २२ दिन पनि पर्खन नसक्ने ? भनेर देउवालाई प्रश्न गरेका थिए । प्रधानमन्त्रीले राजीनामा दिएभने एमालेले प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री बनाउने कुरा भने उनले गरेनन् ।