राजनीति

ललितपुरमा मतगाणना स्थगीत, चिरिबाबुले जित्ने भएपछि एमालेले बखेडा झिकेको काँग्रेसको आरोप

ललितपुर । चारै महानगरमा जित्ने शुरमा रहेको नेकपा एमालेले ललितपुरमा बिबाद श्रृजना गरेको छ । पोखरा, काठमाण्डौ र भरतपुरमा अग्रतामा रहेको एमालेले मंगलबार वाड नम्बर ४, ९ र २६ वाडमा मत जोड्दा मतदान अधिकृतले गलत गरेको आरोपमा निर्बाचन रोकेर निर्बाचन आयोगमा पुनः मतदान रोक्न माग गर्दै निबेदन हालेपछि मतदान रोकिएको छ ।

मतदान गणनाका कर्मचारी शुरेस थापालाई मतदानस्थलबाट निकालिएको छ । एमालेका उमेर्द्वार हरिकृष्ण ब्यञ्जनकारले मतगणनामा धाँधली भएको बताएके तर नमानेपछि निर्बाचन आयोगमा निबेदन हाल्न बाध्य भएको बताएका छन् ।

१६९०४६ मतदाता रहेको ललितपुर महानगरपालिकामा २६० मतदान केन्द्र्र र २१३ मतदान स्थाल रहेका छन् ।

ललितपुर मेयरमा काँग्रेसका चिरीबाबु महर्जनको २३५३९, एमालेका हरिकृष्ण व्यञ्जनकारको २३३६० मत छ भने उपमेयरमा काँग्रेसकी गीता सत्यालको १८५८९ र उपमेयर शोभा शाक्यको १३२७४ मत भएकोबेला बिबाद देखिएको हो । यो भन्दा अगाडी पनि ललितपुरमा मतगणनामा बिबाद देखिएको थियो ।
ललितपुरबाट प्रतिनिधित्व गर्ने एक काँग्रेस  केन्द्रीय सदस्यका अनुसार काँग्रेसका उमेरद्वार चिरिबाबु महर्जनले जित्ने भएपछि एमालेले बिना कारण बिबाद झिकेको बताएका छन् ।