राजनीति

प्रधानमन्त्री दाहालद्वारा राजीनामा दिने, देउवालाई प्रधानमन्त्री बनाउने बिषयमा काँग्रेस ढुक्क भएन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले  पदबाट राजीनामा दिने भएका छन् । नेपाली काँग्रेससंगको तीन बुंदे सहमतीबाट प्रधानमन्त्री बनेका दाहालले मंगलबार देसबासीका नाममा संबोधन गर्दै राजीनामा दिन लागेको समाचार प्राप्त भएको छ ।

९ महिना दाहाल प्रधानमन्त्री हुने र त्यसपछिका ९ महिना शेरबहादुर देउवा प्रधनमन्त्री हुने माओबादी केन्द्र र नेपाी काँग्रेसबीचको सहमती अनुसार प्रधानमन्त्री दाहालले ईमान्दारीसाथ प्रधानमन्त्ती दाहालले राजीनामा दिन लागेको बताइएको छ ।

प्रधानमन्त्तीले राजीनामा दिएर काँग्रेससंगको सहमतीमा नै अगाडी बढ्ने माओबादी केन्द्रको हेडक्वाटरले निर्णय गरेपनि ८ गते सम्म राजीनामा नआएपछि नेपाली काँग्रेस प्रधानमन्त्तीसंग सशंकीत बनेको थिायो । बुद्धीजीवीहरुले दुईवटा निर्बाचन गराउन दुई प्रधनमन्त्री बन्नु गलत भएको टीप्पणी गरेपछि काँग्रेसबृतमा सोमबार हलचल नै मच्चिएको थियो ।

राजीनामा आएपछि काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सवालमा माओबादी केन्द्रको भूमिका के हुने भन्ने अझैपनि काँग्रेस ढुक्क नभएको देउवा निकट स्रोतको दाबी छ ।