अन्तर्राष्ट्रिय

चेतावनीको बेवास्ता गर्दै कोरियाद्वारा पुनः अर्को क्षेप्यास्त्र परीक्षण

सोल । उत्तर कोरियाले आइतबार पुनः अर्को क्षेप्यास्त्र (ब्यालेस्टिक मिसाइल) को परीक्षण गरेको छ ।

अन्तर्राष्ट्रिय समुदायले उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षणमा देखाएको लगातारको मोहपछि संयुक्त राष्ट्रसङ्घद्वारा कडा नाकाबन्दी लगाउनुपर्ने भनिरहेका समय प्योङयाङले यो अर्को परीक्षण गरेको हो ।

दक्षिण कोरियाले आइतबार गरेको परीक्षण यस वर्षको आठौँ र एक हप्तायताको दोस्रो परीक्षण भएको बताएको छ । सोलले लगातारको हतियार परीक्षण उत्तर कोरियाको ‘असावधान र गैरजिम्मेवार’ कार्य भनेको छ ।

उत्तर कोरियाद्वारा दिएका लगातारका चुनौती सामना गर्दै अमेरिकी सेनाले यस क्षेत्रमा रहेको आफ्ना सहयोगीलाई कुनै पनि प्रकारको सुरक्षा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

अमेरिकाले उक्त क्षेप्यास्त्रलाई मध्यम दूरीको हतियार भनेको छ । वासिङटनले आइतबार प्योङयाङले दक्षिण प्योङगान प्रान्तको पुकचाङबाट क्षेप्यास्त्र छोडिएको र करिब ५०० किलोमिटर टाढा गएर खसेको दक्षिण कोरियास्थित अमेरिकी सैन्य बलले बताएको छ ।

अमेरिकाले क्षेप्यास्त्र परीक्षणपछि भनेको छ, उत्तर कोरियाको थप उत्तेजनात्मक गतिविधिको आफ्नो सेनाले नजिकबाट हेरिरहेको बताउँदै थप उत्तेजक क्रियाकलाप देखिएमा आफ्नो समूह तयारी अवस्थामा बसेको बताएको छ । रासस÷एएफपी