पु.समाचार

गगन थापाको वाड काठमाण्डौ–३० मा भारी मतले काँग्रेसको प्यानलै विजयी

काठमाण्डौ । गगन थापाको वाड पर्ने काठमाण्डौ महानगरपालिकाको वडा नम्बर ३० मा काँग्रेसका दलबहादुर कार्की भारी मतका साथ विजयी भएका छन् । दलबहादुर कार्कीले आफूलेमात्र जितेनन् उनले आफ्नो पुरा प्यानललाई नै जिताए ।

काँग्रेसका स्थानीय रुपमा प्रभाबशाली नेता कार्कीले ८६४ मतले जित हाँशिल गरेका छन् । नवनिर्बाचित कार्कीले २२३१ मत ल्याउदा निकटतम् प्रतिद्वन्दी रहेका एमालेका उमेर्द्वारले १३६७ मतमात्र पाएका थिए । वडामा यति अन्तरले हारजित हुनु धेरै नै मतान्तर भएके मानिन्छ ।

महिला सदस्यमा पनि काँग्रेसका सीतादेवी तिवारी, दलितमा शर्मिला श्रेष्ठ, महतो सुडी र खुल्ला सदस्यमा मनोजकुमार डंगोल र नीरजराज सत्याल विजयी भएका छन् ।

काठमाण्डौ महानगरपालीकामा भने काँग्रेसका उमेर्द्वार राजुराज जोशी एमालेका उमेर्द्वार बिद्यासुन्दर शाक्य भन्दा झण्डै ९ हजार मतले पछाडी छन् । विवेकशीलकी रञ्जु दर्शना तेस्रो र साझा पार्टीका किशोर थापा चौथोमा देखिएका छन् ।