राजनीति

गोकर्णेश्वर र नागार्जुनपछि चन्द्रागिरि नगरपालिकामा काँग्रेसका गिरि निर्बाचित

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका घनश्याम गिरीले १३ हजार ३०९ मत प्राप्त गरी विजयी भएका छन् ।

काठमाण्डौको गोकर्णेश्वर, नागाजुनमा बिजयी हाँशिल गरिसकेको काँग्रेसले यो अन्तिम मतगणना अनुसार चन्द्रागिरिमा सफलता हाँशिल गरेको छ । नवनिर्बाचित गिरिका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का प्रह्लाद कार्कीले १० हजार ४२१ मत प्राप्त गरेर परारिजत भएका छन् । उपप्रमुखमा एमालेका लीसा नकर्मीले ११ हजार ८३४ मत प्राप्त गरी विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्रावती श्रेष्ठले ११ हजार २३८ मत प्राप्त गरेकी छन् ।

कुल १५ वडा रहेको नगरपालिकामा कुल ३८ हजार ८७२ मतदाता रहेको सो नगरपालिकामा ३१ हजार ९२० मत खसेको थियो । विजयीलाई बुधबार एक कार्यक्रमबीच ग्रहण गराइने प्रमुख निर्वाचन अधिकृत गणेश नायकले जानकारी दिए ।