समाचार

प्रधानसेनापति राजेन्द्र क्षेत्रीद्वार रोवर्ट बी ब्रोउनबीच भेटवार्ता

सुर्यखबर । काठमाण्डौ । मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्ड अन्तर्गत United States Army Pacific (USARPAC) का Commanding General Robert B. Brown को औपचारिक निमन्त्रणामा प्रधान सेनापति राजेन्द्र क्षत्री मित्रराष्ट अमेरिकाको भ्रमणमा छन् ।

उक्त भ्रमणको क्रममा शुक्रबार United States Army Pacific का Commanding General Robert B. Brown सँग शिष्टाचार भेटवार्ता गरेका छन् । उक्त शिष्टाचार भेटवार्ताको क्रममा संयुक्त राज्य अमेरिका र नेपालको सैनिक सम्बन्ध, आपसी सद्धभाव र विश्वास विकसित हुदै आएको विषयमा छलफल भएको शैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

भेटघाटकै क्रममा सोहि दिन प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीले अमेरिकी सेनाको 25th Infantry Div लगायत विभिन्न सैनिक ईकाईहरुको अवलोकन गरेका थिए । अवलोकनको क्रममा महारथी क्षत्रीले 25th Infantry Div काCommander Maj Gen Christopher G. Cavoli सँग भेट गरि विभिन्न विषयबस्तुहरु सम्बन्धी जानकारी लिएका थिए ।