समाचार

प्रेश काउन्सील अध्यक्ष भवानी बरालद्वारा कार्यभार ग्रहण

काठमाडौं । नेपाल सरकारद्वारा जेठ ४ गते नियुक्त भएक प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बरालले कार्यभार सम्हालेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने कुरामा जोड दिएका थिए   प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले कार्यभार हस्तान्तरण गरेका थिए ।

भवानीप्रसाद बरालले सपथग्रहण र पदबहाली गरि बिगतको समिक्षा गरी स्वस्थ, मर्यादित र जवाफदेहही पत्रकारिताको बिकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

सो अवसरमा बरालले आफु आवद्ध संचारमाध्यमवाट राजीनामा दिई काउन्सिल प्रवेश गरेको बताउदै भने म आजदेखि सबैको साझा भईं, सबैको साथ र सल्लाहमा अघि बढ्नेछु । बरालले बताएका छन् ।