राजनीति

रत्ननगरको मेयरमा एमाले विजयी, यस्तो छ अन्तिम अपडेट

चितवन ।रत्ननगर नगरपालिका प्रमुखमा नेकपा एमालेका नारायण वन विजयी भएका छन् ।

उनले १४६७७ र निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रुपनराज घिमिरेले १३२२७ मत ल्याएका छन् ।

उपप्रमुखमा एमालेकी विमला दुवाडी १४४८१ मतका साथ विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी नीता ढकालको १२७०३ मत आएको निर्वाचन अधिकृत गीता गुरुङले जानकारी दिइन् ।

रत्ननगरका वडाध्यक्षमा एमालेका तर्फबाट १० र काँग्रेसका तर्फबाट ६ जना निर्वाचित भएका छन् । काँग्रेसबाट विजयी हुनेमा वडा नं १ मा शङ्कर लामा, २ मा तिलकराज पौडेल, ६ मा बलराम दहाल, ७ मा राजन भट्ट, ११ मा शशीभक्त न्यौपाने र १२ मा वीरबहादुर पाख्रिन छन् ।
एमालेतर्फ वडा नं ३ मा गोविन्द भट्टराई, ४ मा रवीन्द्र चौधरी, ५ मा कृष्ण महतो, ८ मा विनोद बस्नेत र ९ मा रोजन आचार्य विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट अन्य विजयी हुनेमा वडा नं १० मा केशव आचार्य, १३ मा चित्रबहादुर भण्डारी, १४ मा हरिकुमार श्रेष्ठ, १५ मा होमनाथ लामिछाने र १६ मा हेमराज थापा छन् ।

यसअघि चितवनका राप्ती र कालिका नगरपालिका प्रमुख र उपप्रमुख दुवैमा एमालेले जितेको छ भने माडीका प्रमुखमा नेकपा(माओवादी केन्द्र) र उपप्रमुखमा एमाले तथा इच्छाकामना गाउँपालिका अध्यक्ष–उपाध्यक्षमा काँग्रेस विजयी भइसकेका छन् । अहिले भरतपुर महानगरपालिका र खैरहनी नगरपालिका मतगणना भइरहेको छ ।