पु.समाचार

मुलुकका मुख्य आर्थिक धरोहर चार माहानगरपालीकाको अहिलेसम्मको मतपरिणाम (अपडेट)

काठमाण्डौ । सरकारले स्वीकार गरी मुलुकको मूख्य आर्थिक धरोहरका रुपमा माहानगर बनाएको काठमाण्डौ, ललितपुर, भरतपुर र पोखरातिर सबैको मगतणना परिणामतिर ध्यान गएको छ । पोखरा, काठमाण्डौ र भरतपुरमा नेकपा एमालेले अग्रता कायम गरेको छ भने ललितपुरमा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । काठमाण्डौमा एक लाखको हाराहारीमा मत गन्न बाँकी हुँदा एमालेका बिद्यासुन्दर शाक्यले झण्डै ९ हजार मतले काँग्रेसका राजुराज जोशीलाई पछाडी पारेका छन् । यस्तो छ अहिलेसम्मको चार महानगरको अहिलेसम्मको मतगणना परिणम :

काठमाण्डौ महानगर

काठमाण्डौ माहानगरमा अग्रता कायम गरिरहेका एमालेका मेयर उमेर्द्वारले ३०९७५ मत सहित अग्रस्थान कायम गरिरहेका छन् । काँग्रेसका राजुराज जोशीले घरिघरि अलिअलि उछिनेपनि पुनः एमालेका बिद्यासुन्दर शाक्यले अग्रस्थान कायम गरिहाल्छन् । केहि दिन अघिदेखि भने एमालेका शाक्यले अग्रता राखिरहेका छन् ।

केहिदिनदेखिको मतगणनामा काँग्रेसका जोशीलाई अग्रस्थान कायम गर्न शाक्यले दिएका छैनन् । २१९२६ मतमा राजुराज जोशी सीमित छ । झण्डै एक लाख ८५ हजार मत गन्नुपर्ने मुलुको राजधानी काठमाण्डौमा जित्नु ब्यक्तीका लागी मात्र नभएर पार्टीका लागी समेत गौरवको कुरा मानेर सर्बत्र चासोको रुपमा हेरिएको हो ।

तेस्रो स्थानमा विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले कायम गरेकी छिन् । रञ्जुको ११२५७ मत छ, चौथोमा पूर्ब सचिव तथा रवीन्द्र मिश्रको साझा पार्टीका उमेर्द्वार किशोर थापाको ८५२३ र माओबादीका सर्बोत्म डंगोलको ३१६० मत छ ।

उपमेयरमा भने शुरुवातीदेखी नै काँग्रेसकी हरिप्रभा खड्गी (२६४१७)अग्रस्थानमा छिन् । खड्गीले राप्रपाका राजाराम श्रेष्ठ (१६८२३)लाई उछिनेकी छिन् । खड्गीले अहिले प्राप्त शुरुदेखि नै लिएको अग्रता कायम छ । उपमेयरमा साझा पार्टीकी निरुपमा यादबले ५४५० मत र माओबादी केन्द्रकी शुसीला पौडेलले ४२१९ मत प्राप्त गरेका छन् ।

ललितपुर महानगर

फर्जि मतपत्र भेटिएको भन्दै बिबादमा आएको ललितपुर माहानगरपालिकामा मतगणना शुरु भएपछिको पहिलो परिणाम अनुसार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसका मेयर उमेर्द्वार का साथ नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछाडी धकेलिरहेका छन् । चिरिबाबुले महर्जनले १८१३८ मत ल्याएका छन्ब्य, ब्यञ्जनकार १६९८२ मत छ, यो मत ११५६ मतको मत्र फरक हो । यो मत यसभन्दा अघि चिरिबाबु महर्जनले पाएको मत अनुपातमा ब्यञ्जनकारले बढाउदै लगेको देखिएको छ, यसभन्दा अगाडी १३२१ मतअन्तर थियो ।

यसैगरी साझा पार्टीका रमेश महर्जनको १०८०९, माओबादीका दिपेश महर्जनको ४४३४ मत, राप्रपाको २६४३ मत छ ।
उपमेयरमा भने काँग्रेस उमेर्द्वार गीता शत्यालले शुरुदेखि नै अग्रता कायम गरिरहेकी छिन् । गीता सत्यालको १४०९८ भने सत्याललाई पछ्याईरहेकी साझा पार्टीकी शोभा शाक्यको ११५२१, त्यसपछि राप्रपाका बाबुकाजी थापाको ७५७२, माओबादी केन्द्रकी हशिना शाक्यको ७२५७ मत प्राप्त गरेकी छिन् ।

भरतपुर महानगर

मतगणना पारदर्शी नभएको भनेर बिबाद भएर १० बुंदे सहमतीपछि मतगणना शुरु भएको भरतपुर महानगरपालिको पछिल्लो मतपरिणाम सार्बाजनिक भएको छ । नेकपा एमालेका देवी ज्ञवालीले माओबादी केनद्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाल पुत्री रेणु दाहाललाई पछि पारिरहेका छन् ।
पछिल्लो मत गणना अनुसार एमालेका मेयर उमेर्द्वार ज्ञवालीको २२१४४ मत छ भने रेणु दहालको १९७५७ मत छ ।
उपमेयरमा भने काँग्रेसकी पावती शाहको अग्रता कायम नै छ पार्वती शाहले दिब्या शर्मालाई पछाडी पारिरहेकी छिन् । पार्वतीको २२६१० मत छ भने दिब्या शर्माको १९६७१ मत छ । मतगणनाका लागी ९ वटा समूह बनाएर गरिएकाले बिबाद नभएमा चाँडै नै मतपरिाणाम सार्बजनिक हुने अनुमान लगाउन सकिन्छ ।

पोखरा महानगर 

पर्यटकीय हिसाबले नेपालको प्रमुख नगरी मानिने पोखरा माहानगरमा नेपाली काँग्रेस र एमालेका उमेर्द्वारबीच टक्कर परिरहेको छ । प्रायःएमाले मेयर र उपमेयर उमेर्द्वारलाई काँग्रेसका मेयर र उपमेयर उमेर्द्वारले पछ्याईरहेका छन् । अन्तिम मतगणना अनुसार पोखरा माहानगरपालिकामा एमालेका मेयर उमेरद्वार मानबहादुर जिसीको २२३२९ मत छ भने कााग्रेसका रामजी कुंवरको १९९०३ मत छ ।

केहि मतले काँग्रेस उमेर्द्वारलाई एमाले उमेर्द्वारले पछाडी पारेका छन् । उपमेयरमा भने पहिलेदेपिख नै काँग्रेसकी सरस्वती गुरुङलाई एमालेकी मञ्जुदेवी गुरुङसंग अग्रता कायम राखिराखेकी छन् । पछिल्लो मत परिणाम अनुसार मञ्जुदेवीको २०९६६ मत छ भने सरस्वतीको १८७९५ मत छ । पोखरामा फर्जि मत भेटिएको भन्दै बिबाद भएर मतगणना रोकिएको छ ।