राजनीति

प्रधानमन्त्रीको गृहजिल्ला भरतपुर महानगरको ताजा मतपरिणाम (अपडेट)

भरतपुर । भरतपुरमा नेकपा एमालेका तर्फबाट मेयर उमेर्द्वार बनेका देवी ज्ञवालीले माओबादी केन्द्रका तर्फबाट उमेर्द्वार बनेकी रेणु दाहाललाई पछारिरहेका छन् । ज्ञवाली १८१८५ मत प्राप्त गरेका छन् भने माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकिमल दाहालकी सुपुत्री रेणु दाहालले १७१४४ मत प्राप्त गरेकी छिन् । राप्रपाका बद्री तिमिल्सिनाले १४३५ मत छ भने नयाँशक्तीका शुर्यप्रसाद तिमिल्सिनाले १८५ मत कायम गरेका छन् ।

उपमेयरमा काँग्रेसका तर्फबाट उमेर्द्वार बनेकी पार्वती शाहले गरेको शुरुदेखीको अग्रता कायम नै छ शाहले १९७९४ मतका साथ भारीमतले अग्रता कायम गरेकी छिन् । शाहलाई एमालेकी दिब्या शर्माले १५०१७ मतले पछ्याउदैछिन् ।