पु.समाचार

ललितपुरमा हालसम्म काँग्रेसका चिरिबाबु नै अग्रस्थानमा

ललितपुर । फर्जि मतपत्र भेटिएको भन्दै बिबादमा आएको ललितपुर माहानगरपालिकामा मतगणना शुरु भएपछिको पहिलो परिणाम अनुसार चिरिबाबु महर्जनले आफ्नो अग्रता कायम राखेका छन् । नेपाली काँग्रेसका मेयर उमेर्द्वार का साथ नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारलाई पछाडी धकेलिरहेका छन् । चिरिबाबुले महर्जनले  १८१३८ मत ल्याएका छन्ब्य, ब्यञ्जनकार १६९८२ मत छ, यो मत ११५६ मतको मत्र फरक हो । यो मत यसभन्दा अघि चिरिबाबु महर्जनले पाएको मत अनुपातमा ब्यञ्जनकारले बढाउदै लगेको देखिएको छ, यसभन्दा अगाडी १३२१ मतअन्तर थियो ।

यसैगरी साझा पार्टीका रमेश महर्जनको १०८०९, माओबादीका दिपेश महर्जनको ४४३४ मत,  राप्रपाको २६४३ मत छ ।
उपमेयरमा भने काँग्रेस उमेर्द्वार गीता शत्यालले शुरुदेखि नै अग्रता कायम गरिरहेकी छिन् ।  गीता सत्यालको १४०९८ भने सत्याललाई पछ्याईरहेकी साझा पार्टीकी शोभा शाक्यको ११५२१, त्यसपछि राप्रपाका बाबुकाजी थापाको ७५७२, माओबादी केन्द्रकी हशिना शाक्यको ७२५७ मत प्राप्त गरेकी छिन् ।