खेलकुद

ओडिसी र लालीगुराँस क्वाटरफाइनलमा

काठमाडौं  । साविक विजेता ओडिसी इन्टरनेसनल एकेडेमी र लालीगुराँस नेसनल एकेडेमी दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समूह ‘ए’ को लिग खेलमा ओडिसीले आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) लाई २७–२३ ले पराजित गर्दै समूह विजेता बन्यो । विजयी टिमका लागि सुमन बोहराले १५ अंक जोडे । बीएनए पनि समूह उपविजेताका रुपमा क्वाटरफाइनल पुग्न सफल भयो । लालीगुराँसले दीपज्योतिलाई ३३–३० ले हरायो ।
ब्वाइजको क्वाटरफाइनल बीएनए र लालीगुराँस, ओडिसी र ईडेन ब्रिज एकेडेमी (ईबीए), भ्याली पब्लिक र स्किब्स तथा एन्जल्स हार्ट र गोल्डेनपिकबीच हुनेछ ।
गल्र्सको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले तेहोरो र अभियानले दोहोरो जित निकाल्दै क्वाटरफाइनलमा पुगे । ग्रिनल्यान्डले अभियानलाई ६–४, मनासलुलाई ६–४ तथा ओडिसीलाई ११–५ ले पन्छायो । त्यस्तै अभियानले ओडिसीलाई ५–४ तथा मनासलुलाई ६–२ ले निराश पा¥यो ।
गल्र्सतर्फ पनि क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल ईबीए र भद्रकाली, स्किब्स र अभियान, ग्रिनलयान्ड र बीएनए तथा एचएचसीए र लोयल्टी एकेडेमीबीच हुनेछ ।