पु.समाचार

आक्रमणकारीलाई कारबाही गर्नुपर्ने माग गर्दै काँग्रेसद्वारा जिल्ला बन्द, राजमार्ग भने खुल्ला हुने

धादिङ । नेपाली काँग्रेसका सचिव समेत रहेका नवनिर्बाचित गाँउपालिका अध्यक्ष बिनोद तिमिल्सिनालाई एमाले कार्यकर्ताहरुले आक्रमण गरेका छन् । उक्त आक्रमण्का दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै धादिङ काँग्रेसले जिल्ला बन्दको आह्वान गरेको छ । बन्दमा राजमार्ग भने सुचारु हुन दिने समेत काँग्रेसले जनाएको छ ।

धादिङको ज्वालामुखी गाँउपालिकको अधयक्षमा निर्बाचित भएपछि विजयी जुलुसबाट फर्किदैगर्दा निज तिमिल्सिना सहित केहि काँग्रेस कार्यकर्ताहरुलाई एमाले कार्यकर्ताले आक्रमण गरेको बताईएको छ ।

आक्रमणमा परि झण्डै एक दर्जन घाईते भएको र ७ जना धादिङबेसी अस्पतालमा उपचारका लागी भर्ना गरिएको समाचार छ । ज्वालामुखी गाँउपालिकाको उपाध्यक्षमा जानुका सिँखडा निर्बाचित भएपनि कााग्रेसका तर्फबाट एमालेका रामप्रसाद अधिकारीलाई हराउदै बिनोद तिमिल्सिना गाउपालिका प्रमुखमा निर्बाचित भएका थिए ।