पु.समाचार

आठ वडा मध्ये ६ काँग्रेस दुई माओबादी, मेयरमा पनि काँग्रेसले जित्ने

मेलम्ची। सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिकाको सम्पन्न मतगणनाअनुसार वडा नं १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्री लामा ३३१ मत प्राप्त गरी विजयी भएक छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिललाल तामाङले २९१ मत प्राप्त गरेका छन् ।

वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर तामाङ ३५६ मत प्राप्त गरी विजयी भएक छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण गिरीले ३१६ मत प्राप्त गरेका छन् ।

वडा नं ३ मा काँग्रेसका देवप्रसाद बानियाँ ३८५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका केदारबहादुर थापाले ३२१ मत प्राप्त गरेका छन् ।

वडा नं ४ मा काँग्रेसका जगतमान ताल्चाभडेल ६०३ मत प्राप्त गरी विजयी भएक छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमे लामाले ५०२ मत प्राप्त गरेका छन् ।

वडा नं ५ मा काँग्रेसका दुर्गाबहादुर तामाङ ५४७ मत प्राप्त गरी विजयी भएक छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण तिमिल्सिनाले ५३९ मत प्राप्त गरेका छन् ।

वडा नं ६ मा एमालेका इन्द्रबहादुर तामाङ ५३८ मत प्राप्त गरी विजयीभएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनुप न्यौपानेले ३९१ मत प्राप्त गरेका छन् ।

वडा नं ७ मा माओवादी केन्द्रका वीरबहादुर तामाङ ४७४ मत प्राप्त गरी विजयी भएका छन् भने एमालेका रामजी थापाले ४२९ मत प्राप्त गरेका छन् ।

वडा नं ८ मा काँग्रेसका धनबहादुर श्रेष्ठ ३६४ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केदारनाथ आचार्यले ३२५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी अहिलेसम्मको मत गणनाअनुसार अध्यक्षमा काँग्रेसका वंशलाल तामाङले तीन हजार ५९४, एमालेका झम्क नेपालले तीन हजार २०६, माओवादी केन्द्रका चिरञ्जीवी आचार्यले दुई हजार ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दइन्द्र ठकुरीले ६४० मत मत प्राप्त गरेका छन्।

त्यसैगरी उपाध्यक्षमा काँग्रेसका मिरा अधिकारी लामाले तीन हजार ३२७, एमालेका सरस्वती अधिकारीले तीन हजार १६७, माओवादी केन्द्रका बिसमई तामाङले दुई हजार १२७ र राप्रपाका शर्मिला दनुवारले ७५५ मत प्राप्त गरेका छन् ।