अन्तर्राष्ट्रिय

भारी मतका साथ रुहानी पुनः राष्ट्रपति

तेहरान (इरान) । इरानमा शुक्रबार भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति नयाँ कार्यकालका लागि निर्वाचितभएका छन् ।

शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुई करोड ३५ लाख ४९ हजार ६१६ अर्थात् ५७ प्रतिशत मत प्राप्त गर्नुभएको फजलीले बताए । गणना भएको मत सङ्ख्या खसेको सम्पूर्ण मत सङ्ख्याको ९९.७ प्रतिशत हो ।

रुहानीका निकटतम प्रतिद्वन्द्वी इब्राँहिम राइजीले एक करोड ५७ लाख ८६ हजार ४४९ अर्थात् ३८.५ प्रतिशत मत प्राप्त गर्नुभएको गृहमन्त्रीले जानकारी गराए ।

इरानको कानुनअनुसार मत नतिजामा चित्त नबुझेमा तीन दिनभित्र उजुरी इरानको ‘गार्जियन काउन्सिल अफ कन्सटिच्युसन’ मा दर्ता गर्न सक्ने प्रावधान छ ।

राज्यको केन्द्रिय व्यवस्थापिका भएका नाताले काउन्सिलले राष्ट्रपतीय निर्वाचनमाथि उठाइने उजुरमाथि विचार गरी नतिजालाई पुष्टि ९सदर वा बदर० गर्ने यहाँको कानुनी प्रावधान छ ।

शनिबार इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीले रुहानीको पक्षमा विशाल जनसमर्थन मतदानमार्फत गरेकामा इरानी जनतालाई धन्यवाद ज्ञापन गरेका छन् ।