राजनीति

अहिलेसम्मको काठमाण्डौ, ललितपुर, पोखरा र भरतपुर महानगरहरुकोे मतपरिणाम (अपडेट)

काठमाण्डौ । बिभिन्न प्रकारका बिबादहरुलाई छिचोल्दै २७२ स्थानीय तहहरुको मतणना सकिएको छ । मतगणना हुदैगर्दा सबैभन्दा तह प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हात पारेको छ । यसमा एमालेले १०८ तहमा आफ्ना मेयरलाई सपथ ख्वाईसकेको छ भने संसदमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले १०२ तहमा आफ्नो जित हाँशिल गरेको छ । माओबादी केन्द्रले ४६ तहमा आफ्नो जित पक्का गरेर १ तहमा अग्रता कायम राखेको छ । काँग्रेसले ६ तहमा अग्रतामा छ भने एमाले ११ तहमा अग्रता कायम राखेको छ । काठ्माण्डौ, पोखरा र भरतपुर महानगरपालिकामा एमालेले मेयरमा अग्रता राखेको छ भने ललितपुरमा नेपाली काँग्रेसको अग्रता छ । राप्रपा र नयाँशक्तले ११ तहमा जित हाँशिल गरेका छन् भने स्वतन्त्रबाट ५ वटा तहमा जितेका छन् । सबैतिरबाट महत्वपुर्ण रुपमा चासो लिईरहेका चार माहानगरको मत परिणामको ताजा अपडेट यस्तो छ ।

काठमाण्डौ महानगरपालिका

काठमाण्डौ माहानगरमा अग्रता कायम गरिरहेका एमालेका मेयर उमेर्द्वारले १९१९२ मत सहित अग्रस्थान कायम गरिरहेका छन् । काँग्रेसका राजुराज जोशीले घरिघरि अलिअलि उछिनेपनि पुनः एमालेका बिद्यासुन्दर शाक्यले अग्रस्थान कायम गरिहाल्छन् । केहि दिन अघिदेखि भने एमालेका शाक्यले अग्रता राखिरहेका छन् ।
केहिदिनदेखिको मतगणनामा काँग्रेसका जोशीलाई अग्रस्थान कायम गर्न शाक्यले दिएका छैनन् । १३२९९ मतमा राजुराज जोशी सीमित छ । झण्डै एक लाख ८५ हजार मत गन्नुपर्ने मुलुको राजधानी काठमाण्डौमा जित्नु ब्यक्तीका लागी मात्र नभएर पार्टीका लागी समेत गौरवको कुरा मानेर सर्बत्र चासोको रुपमा हेरिएको हो ।
तेस्रो स्थानमा विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले कायम गरेकी छिन् । रञ्जुको ७५६१ मत छ, चौथोमा पूर्ब सचिव तथा रवीनद्र मिश्रको साझा पार्टीका उमेर्द्वार किशोर थापाको ५६७७ र माओबादीका सर्बोत्म डंगोलको २२३७ मत छ ।
उपमेयरमा भने शुरुवातीदेखी नै काँग्रेसकी हरिप्रभा खड्गी अग्रस्थानमा छिन् । खड्गीको १६७८७ मत छ भने राप्रपाका राजाराम श्रेष्ठले १०६५३ मत ल्याएर पछ्याईरहेका छन् । काठमाण्डौको उपमेयरमा खड्गीले खड्गीले शुरुदेखि नै लिएको अग्रता कायम छ ।

ललितपुर महानगरपालिक
ललितपुर माहानगरमा बिहीबार पनि काँग्रेसका चिरीबाबु महर्जनले अग्रता कायम गरेका छन् । चिरिबाबु महर्जनले १७१७१ मत ल्याउदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १५४७४ मत ल्याएका छन् । शुरुमा अग्रता कायम गरेका चिरिबाबुलाई बीचमा हरिकृष्णलाई चिरिबाबुले पछि पार्न थालेका थिए । चरिबाबुको अग्रता कायम छ । एमालेका काँग्रेस उमेर्द्वारलाई पछ्याउदै गरेका मेयर उमेर्द्वार हरिकृष्ण ब्यञ्जनकारको मत चिरिबाबुको भन्दा १७१२ मत छ ।
साझा पार्टीका रमेश महर्जनले ७०८९ मतसहित तेस्रो स्थानमा छन् । उपमेयरमा काँग्रेसकी गीता सत्यालको अग्रता शुरुवातीबाट नै कायम छ । गीता सत्यालको ११७३३ र शोभा शाक्यको १०५३० मत छ । ललितपुरमा एमाले कार्यकर्ताले मतपत्रको समस्या देखाएका कारण मतगणना प्रभाबित भएको भएपनि पुनः मतगणना शुरु भएको छ ।

पोखरा महानगरिपालिका

पर्यटकीय हिसाबले नेपालको प्रमुख नगरी मानिने पोखरा माहानगरमा नेपाली काँग्रेस र एमालेका उमेर्द्वारबीच टक्कर परिरहेको छ । प्रायःएमाले मेयर र उपमेयर उमेर्द्वारलाई काँग्रेसका मेयर र उपमेयर उमेर्द्वारले पछ्याईरहेका छन् । अन्तिम मतगणना अनुसार पोखरा माहानगरपालिकामा एमालेका मेयर उमेरद्वार मानबहादुर जिसीको २१३२७ मत छ भने कााग्रेसका रामजी कुंवरको १९२६४ मत छ । केहि मतले काँग्रेस उमेर्द्वारलाई एमाले उमेर्द्वारले पछाडी पारेका छन् । उपमेयरमा भने पहिलेदेपिख नै काँग्रेसकी सरस्वती गुरुङलाई एमालेकी मञ्जुदेवी गुरुङसंग अग्रता कायम राखिराखेकी छन् । पछिल्लो मत परिणाम अनुसार मञ्जुदेवीको २००९७ मत छ भने सरस्वतीको १८२७२ मत छ । फर्जि मत भेटिएको भन्दै पोखराको मतगणना प्रभाबित भएकार स्थगीत गरिएको छ ।

भरतपुर माहानगरपालिका
भरतपुर माहानगरमा शुरुदेखी नै एकछत्र अग्रता जमाएका एमालेका मेयर उमेर्द्वार देवी ज्ञवालीले पुनः अग्रता लिईरहेका छन् ।
रेणु दाहाल १५२७६ मतमा सीमीत छिन् । एमालेका ज्ञवालीको १५५८९ मत ल्याएर अग्रस्थान कायम गरेका छन् । राप्रपाका बद्री तिमिल्सिनाको १०५४ मत छ । भरतपुमा पनि मेयरमा नेपाली काँग्रेसकी पार्वती शाहले १७६४९ ल्याएर एमालेकी दिब्या शर्मालाई पछि पारिरहेकी छिन् । दिब्याको मत १३५०८ छ ।
भरतपुरका शुक्रबार मतगणनामा बिबाद भएपछि स्थगीत गरिएको थियो । शनिबार सर्बदलीय बैठकले १० बुंदे सहमती गरेपछि पुनः मतदान शुरु भएको हो ।