पु.समाचार

राप्ती नगरपालिकामा प्रमुख उपप्रमुखमा नेकपा एमालेको बिजयी

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिकाको प्रमुख र उपप्रमुख सहित अधिकाँश वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । केही बेर अघि मात्रै राप्ती नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयले तपरिणाम सार्वजनिक गर्दै विजयी घोषणा गरेको हो । एमालेकी प्रभा बराल ११ हजार ६१३ मतको साथमा विजयी भएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका किरणभूषण ओलीले ७ हजार २९२ मत प्राप्त गरे । बराल ४ हजार ३२१ मतान्तरले विजयी भएका हुन् । यस्तै उपप्रमुखमा एमालेका इमानसिंह लामा ११ हजार ८८२ मतका साथ विजयी भएका छन् । प्रतिद्धन्द्धी नेपाली काग्रेसका अनिता मैनाली ७ हजार ७४ मत ल्याए । लामाले ४ हजार ७४८ मत बढी ल्याए ।

यसैगरी सो नगरपालिकामा माओवादी केन्द्रको तर्फवाट प्रमुखको उम्मेदवार रामचन्द्र पाठकको २४९५ र उपप्रमुख कल्पना मोक्तानको २०६४ मात्रै मत आएको छ । यहाँ रहेको तेह्र वडा मध्य ११ वडाध्यक्षमा एमालेले जितेको छ भने वडानम्बर ९ र १२ मा मात्रै काँग्रेसले जितेको छ । वडा नम्बर एकमा एमालेका सिद्धिलाल तामागं (१३७४), दुईमा श्याम सुन्दर उप्रेती(१२२१), तीनमा राजकुमार उप्रेती(६८७), चारमा शम्सेर लामा(११६५), पाँचमा मेनुका पाठक(६८६) विजयी भएका छन् । यस्तै वडा नम्बर ६मा जल्लु महतो(१७०४), वडा नम्बर सातमा सुमिता डल्लाकोटी(१०९५), आठमा वुद्धिराज थपलिया(११४६), वडा नम्बर दशमा अम्मरबहादुर तमागं(४१४) वडा नम्बर ११ मा हितवहादुर तमाङ(५९३) र वडा नम्बर १२ मा सूर्यवहादुर प्रजा (४४१) विजयी भएका छन् । यता वडा नम्बर ९ मा काँग्रेसका देवेन्द्र लामा(८३९) र वडा नम्बर बाह्रमा अर्जुन प्रजा(३२०) विजयी भएको निर्वाचन अधिकृत परमेश्वर पराजुलीले जानकारी दिए ।