समाचार

भरतपुर महानगरमा १० बुंदे सहमती पश्चात मतगणना शुरु

चितवन । शुक्रबार मतदान अधिकृतले अपारदर्शी ढंगले मतगणना गरेको बताउदै नेपाली काँग्रेस, माओबादी केन्द्र, राप्रपा लगायतका दलहरुले बहिस्कार गरेपछि बन्द भएको मतगणना सर्बदलीय बैठकको १० बुंदे सहमतीपछि पुनः सुचारु भएको छ ।
बिहानैदेखि सबै दलहरुबीच छलफल चएपछि १० बुंदे सहमती गरि मतदान सुचारु गरिएको मतदान अधिकृतले बताएका छन् ।
मतगणनामा एमालेका पक्षमा लागेको भन्दै शुक्रबार राती मतदान अधिकृतका बिरुद्धमा नाराबाजी र मतदान अधिकृत परिवर्तनको माग गर्दै तोडफोड प्रयास समेत गरेका थिए ।