समाचार

सल्यानको सारदा नगरपालीका मेयर र उपमेयर दुबैमा काँग्रेस अगाडी

सल्यान । सल्यानको शारदा नगरपालिकामा नेपाली काँग्रेसका सुरेश अधिकारीले अ्रता लिएका छन् । अकिारीले एमालेका रामकुमार खड्गीलाई करिब ८०० मतले पछि पारेका छन् । मेयर उमेर्द्वार अधिकारीको ३८२० मत छ भने खड्गीको ३०७३ मत छ ।

यसका साथसाथै माओबादी केनद्य्रका प्रमोद कुमार श्रेष्ठको २३७० मत छ भने राप्रपाका मनोज प्रधानको २३३४ मत कायम छ । उपमेयरमा काँग्रेस र एमाले उमेर्द्वारको ८ मतको मात्र अन्तर छ । यो १४ वटा वडामा गनेको अहिलेकम्मको मत हो ।

उपमेयरमा पनि काँग्रेसकी साबित्री बुढाथोकीले ३७७७ मतसहित अग्रस्थान कायम गरेकी छन् । एमालेकी साबित्रा हमालले ३७४७ मत ल्याएर पछ्याईरहेकी छन् । माओबादीकी झरना बुढाथोकीको २२९४ मत छ ।