राजनीति

काठमाण्डौ महानगरको मेयरमा शाक्य, उपमेयरमा हरिप्रभा खड्गी विजयी वडामा को को आए त ?

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकको मेयरमा एमालेका विद्यासुन्दर शाक्यले विजयी हाँसिल गरेका छन् । शाक्य ६४ हजार ९१३ मतका साथ विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत ल्याएमा छन् । मेयरमा १९ हजार ६४४ मतान्तरले एमालेका शाक्यले काँग्रेसका जोशीलाई हराएका छन् ।

विवेकशीलकी रन्जु दर्शनाले २३ हजार ४३९ मतसहित तेस्रो र साझा पार्टीका किशोर थापाले १८हजार ४९६ मत प्राप्त प्राप्त गरेर चौथो भएका छन, माओबादी केन्द्रका तर्फबाट काठमाण्डौ महानगरका उमेर्द्वार सर्बोत्तम डंगोलको ७ हजार ९०६ मतसहित पाँचौै स्थान कायम रह्यो ।

उपमेयरमा भने काँग्रेसकी ५८ हजार ९५२ मतसहित हरिप्रभा खड्गी विजयी भएकी छिन् । निकटतम् प्रतिद्वन्दी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरेका छन् । श्रेष्ठले उपमेयरमा निर्बाचित खड्गीको भन्दा २४ हजार ९८ को भारी अन्तर छ । यस्तै साझा पाटी र विवेकशीलका उपमेयर उमेर्द्वार निरुपमा यादबले ११ हजार ५३३ मत ल्याएर तेस्रो स्थान हाँशिल गरिन भने माओबादी केन्द्रका उपमेर उमेर्द्वार शुशीला पौडेलको १० हजार ४४८ मत छ ।

काठमाण्डौ महानगरपालिकका जम्मा ३२ वटा वडामा १८ वटामा एमालेले विजयी हाँशिल गरेको छ भने १४ वटामा काँग्रेसले जितेको छ ।
एमालेका तर्फबाट वडा नं १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डंगोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डंगोल, १३ मा धु्रवनारायण मानन्धर र १४ मा शोभा सापकोटा वडाध्यक्ष निर्वाचित भए ।

यसैगरी, एमालेबाटै १५ मा ईश्वरराज डंगोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि वज्राचार्य, २२ मा चिनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुली वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसका तर्फबाट वडा नम्बर ५ मा रमेश महर्जन, ६ मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डंगोल, १० मा रामकुमार केसी, ११ मा हीरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशिलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खडकी र ३० मा दलबहादुर कार्की वडाध्यक्षमा विजयी भएका छन् ।