पु.समाचार

भक्तपुर नगरपालिकाको मेयरमामा भारी मतले पूर्ब साँसद प्रजापति विजयी

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति भारी मतको अन्तरले विजयी भएका छन् ।
आज राति १० बजे सार्वजनिक भएको मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा अत्याधिक बहुमतले विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्घन्द्घी नेपाली काँग्रेसका रामप्रसाद कासुलाले छ हजार ५३२ र एमालेका विष्णु सुवालले चार हजार २१० मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपप्रमुखतर्फ नेमकिपाकै रजनी जोशीले २५ हजार ६५८ मत प्राप्त गर्दै अत्याधिक बहुमतले विजयी हासिल गरेका छन् ।
जोशीका निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी गङ्गालक्ष्मी अवालले छ हजार ५६० र एमालेकी कृष्णमाया त्वायनावासुले छ हजार ५८७ मत प्राप्त गरेका थिए।
विगतमा नेमकिपाका केन्द्रीय सचिव, सांसद हुँदै प्रजापति अहिले नगर प्रमुखमा विजयी भएका छन् । ख्पव इन्जिनियरिङ कलेजको उपप्राचार्यबाट राजीनामा दिएर आएकी जोशी उपप्रमुख भएकी छन् ।
त्यसैगरी वडा नं. १० मा नेमकिपाका लक्ष्मीप्रसाद ह्योमिखा दुई हजार ११३ मत प्राप्त गरी विजयी हुनु भएको छ । उनका निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कृष्णकुमार सुवालले ४३२ र एमालेका पुण्यराम घटुवले ३५० मत प्राप्त गरेका छन् ।
नेमकिपाबाट वडाका महिला सदस्यमा २०४६ सालको जनआन्दोलनको सहिद पुष्परत्न शाक्यकी श्रीमती विजयलक्ष्मी शाक्य तथा अन्यमा ज्ञानकुमार मगजू र जितेन्द्र मुनकर्मी विजयी भएका छन् ।
नगरपालिकामा १० वटै वडामा नेमकिपाले विजय हासिल गरेको छ । कुल ५२ हजार ९३० मतदाता रहेको नगरपालिकामा ४४ हजार १८६ मत खसेको थियो ।