राजनीति

निर्बाचन अधिकृतले धाँधली गरेको भन्दै काँग्रेस/माओबादीले यसरी गरे मतगणना बहिस्कार

चितवन । नेपाली काँग्रेस र माओबादी केन्द्रले भरतपुरको मतगणना बहिस्कार गरेका छन् । निर्बाचन अधिकृतले मतगणना एकलौटी ढंगले एमालेलाई सघाएको उनीहरुको आरोप छ । नेपाली काँग्रेस र एमालेले पारदर्शी ढंगले मतगणना गर्न माग गर्दै मतगणनास्थल बाहिर प्रदर्शन र नाराबाजी समेत गरिरहेको बताईएको छ ।

काँग्रेस र माओबादी केन्द्रले यसबाहेक निर्बाचन अधिकृत फेरिनुपर्ने माग समेत राखेका छन् । निर्बाचन अधिकृत नफेरिए मतगणना रोक्ने चेतावनी समेत काँग्रेस एमाले लगायतका ािना दलहरुको छ । बिहान प्रधानमन्त्री दाहाल पुत्री रेणु दाहालले मतगणनामा अग्रता कायम राखेका बेला सामसुम भएपनि एकाएक एमालेका मेयर उमेर्द्वार देवी ज्ञवालीले अग्रता कायम गर्न थालेपछि एमनलेबिरुद्ध काँग्रेस र माओबादीलागेको एमाले नेता सुरेनद्र पाण्डेले लगाएका छन् ।

मतगणनालाई प्रभाबित पार्ने काँग्रेस एमालेको प्रयास असफल पार्ने स्थानीय एमाले नेताहरुको दाबी छ ।