अन्तर्राष्ट्रिय

इरानमा नयाँ राष्ट्रपतियका लागि मतदान

तेहरान। इरानमा नयाँ राष्ट्रपति चयनका लागि स्थानीय समयअनुसार शुक्रबार विहान ०८ बजेदेखि मतदान सुरु भएको छ ।

इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीले पहिलो मतदान गरेर मतदान कार्यको सुरुवात गरिएको थियो ।

मतदानका लागि सर्वोच्च नेता खामेनी मतदान सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रमा पुगेका थिए ।

इश्लामीक गणतन्त्रात्मक मुलुकका लागि राष्ट्रपतिय निर्वाचन निकै महत्वपूर्ण हुने भएकाले निर्वाचनमा जनताले ध्यान दिनुपर्ने सर्वोच्च नेता खामेनी टेलिभिजनबाट प्रत्यक्ष प्रसारणको क्रममा भन्नुभयो । रासससिन्ह्वा