राजनीति

चार माहानगरपालिकाको पछिल्लो मतपरिणाम (अपडेट)

काठमाण्डौ । सबैतिरबाट चासोको रुपमा हेरिएका मुलुकको पुरानो समेत रहेको काठमाण्डौ तथा भरतपुर, ललितपुर तथा पोखरा माहानगरको मतगणना ज्यादै रोमात्तचक भईरहेको छ । कहिने काँग्रेसका उमेर्द्वार अगाडी जाने त कहिले एमालेका त कहिले माओबादीले माछा मार्ने भईरहेको बेला, कस्तो छ त जिज्ञासा लाग्न सक्छ । हाल सम्म एमोले १०० तहमा विजयी हाँशिल गरिसकेको छ भने काँग्रेसको ९९ तह पुगेको छ । गत संबिधानसभामा समेत तेस्रो स्थान हाँशिल गरेको माओबादी केन्द्रले ४५ तहमा विजयी भइसकेको छ । एमालेले १५ स्थानमा अग्रता कायम गरेको छ भने काँग्रेसले ११३ तह तथा माओबादी केन्द्रले ८ तहमा अग्रता कायम राखेको छ ।

काठमाण्डौ माहानगरको मतपरिणाम

काठमाण्डौमाहानगरमा अग्रता कायम गरिरहेका एमालेका मेयर उमेर्द्वारले ११०८२ मत सहित अग्रस्थान कायम गरिरहेका छन् । काँग्रेसका राजुराज जोशीले घरिघरि अलिअलि उछिनेपनि पुनः एमालेका बिद्यासुन्दर शाक्यले अग्रस्थान कायम गरिहाल्छन् ।

केहिदिनदेखिको मतगणनामा काँग्रेसका जोशीलाई अग्रस्थान कायम गर्न शाक्यले दिएका छैनन् । ७४९८ मतमा राजुराज जोशी सीमित छ । झण्डौ २ लाख मत गन्नुपर्ने मुलुको राजधानी काठमाण्डौमा जित्नु ब्यक्तीका लागी मात्र नभएर पार्टीका लागी समेत गौरवको कुरा मानेर सर्बत्र चासोको रुपमा हेरिएको हो ।

तेस्रो स्थानमा विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले कायम गरेकी छिन् । रञ्जुको ४१२४ मत छ, चौथोमा पूर्ब सचिव तथा रवीनद्र मिश्रको साझा पार्टीका उमेर्द्वार किशोर थापाको ३१९७ र माओबादीका सर्बोत्म डंगोलको १११४ मत छ ।

उपमेयरमा भने शुरुवातीदेखी नै काँग्रेसकी हरिप्रभा खड्गी अग्रस्थानमा छिन् । खड्गीले राप्रपाका राजाराम श्रेष्ठलाई उछिनेकी छिन् । खड्गीले अहिले प्राप्त गरेको मत ९७७५ र राजारामले ५८३४ मत छ, काँग्रेसकी खड्गीको मत ३९४१ मत बढी छ ।

ललितपुर महानगरपालिकाको ताजा मतपरिणाम

ललितपुर माहानगरमा बिहीबार पनि काँग्रेसका चिरीबाबु महर्जनले अग्रता कायम गरेका छन् । चिरिबाबु महर्जनले १५०४१ मत ल्याउदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले १३२१६ अथवा चिरिबाबुको भन्दा अग्रस्थानमा छन् । शुरुमा अग्रता कायम गरेका चिरिबाबुलाई बीचमा हरिकृष्णलाई बिचिबाबुले पछि पार्न थालेका थिए । चरिबाबुको अग्रता कायम छ । एमालेका काँग्रेस उमेर्द्वारलाई पछ्याउदै गरेका मेयर उमेर्द्वार हरिकृष्ण ब्यञ्जनकारको १३२१६ मत छ ।
साझा पार्टीका रमेश महर्जनले ६८९३ मतसहित तेस्रो स्थानमा छन् । उपमेयरमा काँग्रेसकी गीता सत्यालको अग्रता शुरुवातीबाट नै कायम छ । गीता सत्यालको ९८१५ र शोभा शाक्यको ६०९२ मत छ ।

भरतपुर माहानगरको मतपरिणाम

भरतपुर माहानगरमा शुरुदेखी नै एकछत्र अग्रता जमाएका एमालेका मेयर उमेर्द्वार देवी ज्ञवालीले पुनः अग्रता लिएका छन् ।
रेणु दाहाल ११७७७ मतमा सीमीत छिन् । एमालेका ज्ञवालीको १२३०६ मत ल्याएर अग्रस्थान कायम गरेका छन् ।
प्रधानमन्त्री पुत्री रेणु दाहालले हार्ने मत परिणाम आएपछि चिन्तित बनेका दाहाल शुक्रबर चितवनतिर हानिएका छन् केहीदिन अगाडीमात्र भरतपुरको एक कार्यक्रममा आफ्नी छोरीलाई मत माग्न काँग्रेस सभापति देउवालाई समेत लिएर गएका भएपनि पुनः त्यतातिर हाँनिएका छन् । एमाले कार्यकर्ताले बिहीबर केहीबेर निर्बाचन मतगणना रोकिएपछि केहि हुन सक्ने आसंका गरेका थिए ।

पोखरा माहानगरको मतपरिणाम
पोखरा माहानगरपालिकामा एमालेका मेयर उमेरद्वार मानबहादुर जिसीको १३८५८ मत छ भने कााग्रेसका रामजी कुंवरको १३५५९ मत छ । केहि मतले काँग्रेस उमेर्द्वारलाई एमले उमेर्द्वारले पछाडी पारेका छन् । उपमेयरमा भने पहिलेदेपिख नै काँग्रेसकी सरस्वती गुरुङलाई एमालेकी मञ्जुदेवी गुरुङसंग अग्रता कायम राखिराखेकी छन् । पछिल्लो मत परिणाम अनुसार मञ्जुदेवीको १३०८५ मत छ भने सरस्वतीको १२०४०३ मत छ ।