राजनीति

सुनकोसी गाउँपालिकामा मेयर उपमेयर काँग्रेस विजयी

चौतारा । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका विनोद जिसी चार हजार ३६० मत प्राप्त गरी विजयी भएक छन्। उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शिवप्रसाद न्यौपानेले तीन हजार ९४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकै लक्ष्मी पौडेलले चार हजार २०६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै देवी अधिकारीले तीन हजार ७८६ मत प्राप्त गरे । विजयी उपप्रमुख पौडेल पत्रकार हुन् ।

सो गाउँपालिकाको वडा नं १, २, ४ र ६ मा नेपाली काँग्रेसका क्रमशः नेत्रबहादुर कार्की, विष्णु महत, देवेन्द्र खड्का र रामकुमार थापा प्यानलसहित विजयी भएका छन् भने वडा नं ३, ५ र ७ मा एमालेका क्रमशः रामहरि खड्का, कृष्णबहादुर खड्का र ईश्वर तिमिल्सिना प्यानलसहित विजयी भएका छन् ।