राजनीति

भर्खरै प्राप्त भएको काठमाण्डौ माहानगरको मतगणना(अपडेट)

काठमाण्डौ । काठमाण्डौमा अग्रता कायम गरिरहेका एमालेका मेयर उमेर्द्वारले १०४१७ मत सहित अग्रस्थान कायम गरिरहेका छन् । काँग्रेसका राजुराज जोशीले घरिघरि अलिअलि उछिनेपनि पुनः एमलेका बिद्यासुन्दर शाक्यले अग्रस्थान कायम गरिहाल्छन् ।

केहिदिनदेखिको मतगणनामा काँग्रेसका जोशीलाई अग्रस्थान कायम गर्न शाक्यले दिएका छ्रैनन् । ६७७४ मतमा राजुराज जोशी सीमित छ, यो मत एमालेका शाक्यको भन्दा ३६४३ कम हो । झण्डौ २ लाख मत गन्नुपर्ने मुलुको राजधानी काठमाण्डौमा जित्नु ब्यक्तमात्र नभएर पार्टीका लागी समेत गौरवको कुरा हो ।

तेस्रो स्थानमा विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले कायम गरेकी छिन् । रञ्जुको  ४००३ मत छ, चौथोमा पूर्ब सचिव तथा रवीनद्र मिश्रको साझा पार्टीका उमेर्द्वार किशोर थापाको ३१७१ र माओबादीका सर्बोत्म डंगोलको १११४ मत छ ।

उपमेयरमा भने शुरुवातीदेखी नै काँग्रेसकी हरिप्रभा खड्गी अग्रस्थानमा छिन् । खड्गीले राप्रपाका राजाराम श्रेष्ठलाई उछिनेकी छिन् ।