राजनीति

भरतपुरमा बिहीबर मतगणना बिबाद, आज प्रधानमन्त्री पुत्री रेणु दाहालको अग्रता ?

भरतपुर । भरतपुर माहानगरमा प्रधानमन्त्री पुत्री रेणु दाहालले अग्रत कायम गरेकी निन् । शुरुदेखी नै एकछत्र अग्रता जमाएका एमलेका मेयर उमेर्द्वार देवी ज्ञवालीलाई झिनो मतले भएपनि अग्रता जमाएपछि एमलेहरु आत्तिएका छन् ।
११९८५ मतका साथ रेणेले अग्रत हाँशिल गरेकी छिन् । एमालेका ज्ञवालीको ११९०२ अथवा रेणुको भन्दा ८३ मतले कम छ ।

एमाले कार्यकर्ताहरुले बुधबार मतगणनामा बिबाद भएपछि सिराहामा०७० सालको निर्बाचनमा प्रधानमन्त्री दाहाललाई जिताउन षढ्यन्त्र भएको जस्ते नहोस भन्दै एमाले नेतृत्वलाई सचेत गराएको भोलिपल्ट अथवा शुक्रबार रेणुले अग्रता कायम गरेकी छिन् । समाचारमा भने रेणुको पकड भएको वडा नम्बर ६ को भोटरे उनले अग्रता कायम गरेको बताईएको छ ।

एमलेका सचिव शंकर पोख्रेलको फेसबुक पेजमा नेतृत्वलाई ध्यानाकर्षण गराउदै वा एमाले कार्यकर्ताहरुको फेसबुक लगायतका सामाजीक सञ्जालमा मतगणना बिबादमा घुसपेठ हुने आशंकामा नेतृत्वको बिरोध समेत गरेका थिए । शुक्रबार दाहालकी पुत्रीको लज्जास्पद हार हुने संकेत पाएपछि प्रधानमन्त्रीको चितवन जाने कार्यक्रम रहेको  छ  ।