राजनीति

पाँचखालमा मेयर र उपमेयर दुबै काँग्रेसले बाजी मार्यो

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा महेश खरेल र उमप्रमुखमा लक्ष्मी दनुवार विजयी भएका छन् । नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका नेता समेत रहेका खरेलले ७३५६ मतका साथ विययी भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासंग नजिकको सम्बन्ध भएका पुराना काँग्रेस नेता राजेन्द्र खरेलका सुपुत्र समेत रहेका महेश खरेलले एमालेका रुद्र बानियाँलाई पराजित गरे । बानियाँले निकट्तम् प्रतिद्वन्दीका रुपमा ६, ८०० मत ल्याएका छन् । महेश खरेल हाल काभ्रे क्षेत्र नम्मबर ४ का काँग्रेस सभापति समेत छन् ।

उपमेयर लक्षी दनुवारले ७०२६ मतका साथ एमालेकी भक्तकुमारी लामालाई पछारिन् । भक्तकुमारीले ६६२२ मतका साथ पराजय भोगिन् । नवनिर्बाचित मेयर खरेलले पाँचखालका जनतालाई आवश्यक पर्ने समग्र बिकासका लागी जीउज्यान दिएर लागी पर्ने बताएका छन् ।