पु.समाचार

पालुङटार नगरपालिकामा काँग्रेसका कंडेद विजयी

पालुङटार । पालुङटार नगरपालिकाका प्रमुखमा नेपाली काँग्रेसका दीपकबाबु कडेँल विजयी हुनुभएको छ ।

कडेँलले चार हजार छ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का विवश चिन्तनले चार हजार चार सय ९१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चार हजार चार सय ९४ मत प्राप्त गरी माओवादी केन्द्रकी पम्फा बसेल उपप्रमुखमा विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार एक सय ९६ मत प्राप्त गरेकी थिईन् । प्रमुख पदमा विजयी कडेँल पेसाले सिभिल इञ्जिनियर हुन् ।

नयाँ शक्ति पार्टी तेस्रो स्थानमा छन् । सो पार्टीले वडा नं १, ४ र ५ मा विजयी हासिल गरेको छ ।

यस्तै माओवादी केन्द्रले पालुङटार वडा नं २, ६, ८ र १० मा, काँग्रेसले वडा नं ३ र ९ मा तथा नेकपा ९एमाले०ले वडा नं ७ मा विजय हासिल गरेको छ । प्रमुखमा विजयी भएपछि पत्रकारसँगको सङ्क्षिप्त कुराकानीमा कडेँलले पालुङटार नगरपालिकालाई समृद्ध बनाउन आफू लागिपर्ने बताए ।