राजनीति

काठमाण्डौ सहितका माहानगरपालिकाहरुको मतपरिणाम (अपडेट)

काठमाण्डौ । प्रधानमन्त्री पुत्री रेणु दाहाल उमेर्द्वार भएका कारण सर्बाधिक चासोको रुपमा हेरिएको भरतपुर माहानगरपालिकामा सुरुवातीदेखि नै एमालेका देवी ज्ञवालीले अग्रता कायम गरेका छन् । पछिल्लो समयमा अग्रतामात्र नभएर निकै भोटको अन्तरले रेणु दाहाललाई देवी ज्ञवालीले पछि पारेका छन् । राजधानी भएको कारण भरतपुरभन्दापनि बढी चासोको रुपमा हेरिएको काठमाण्डौमा जुन तरीकाले नेपाली काँग्रेसको जित हुन्छ भन्ने आँकलन थियो अन्तिम समयमा त्यो अनुमानबाट मुक्त हुन खोज्दैछ । काठमाण्डौमा एमालेका विद्यासुन्दर शाक्य, काँग्रेसका राजुराज जोशीभन्दा निकै नै अग्रस्थानमा देखिन्छन् । पछिल्लो मतगणनामा झण्डै ३ हजार मतले शाक्यले जोशीलाई पछि पारेका छन् । ललितपूरमा भने काँगे्रसका चिरिबाबु महर्जनले एमालेका मेयर उमेर्द्वारलाई केहिदिनदेखि पछाडी पारेका छन् । पोखरामा काँग्रेसका रामजी कुंवर पहिलेदिखी नै एमालेका जिसीसंग पछाडी छन् । सबैको चासोको रुपमा हेरिएको प्रमुख माहानगरहरुको मतपरिणामहरु रोचक छन् । मत धेरै गन्न बाँकी छ कहिले को अगाडी त कहिले को अगाडी भईरहेको छ ।

काठमाण्डौ माहानगर ताजा अपडेट
सर्बाधिक चासोको रुपमा हेरिएका चार माहानगरमध्ये राजधानीको काठमाण्डौ माहानगरमा घरि एमालेका विद्यासुन्दर शाक्य र घरि काँग्रेसका राजुराज जोशीले अग्रस्थान कायम गर्ने होडबाजी चलिरहेको छ । बिहानको अपडेट अनुसार बिद्यासुन्दर शाक्यको  ८६९१ र राजुराज जोशीको ५९७७ मत छ । काठमाण्डौमा उपमेयरमा भने काँग्रेसकी हरिप्रभा खड्गीको अग्रस्थान कायम छ । हरिप्रभालाई राप्रपाका राजाराम श्रेष्ठले पछ्याईरहेका छन् । हरिप्रभाको ८३१४ र राजारामको ५०६३ मत छ । काठमाण्डौको मतगणना अन्तको भन्दा ज्यादै ढिलो भयो भनेर सर्बत्र बिरोध आएपछि निर्बाचन आयोगले एक सातामा परिणाम आईसक्ने हुंदा त्यती पर्खन अनुरोध गरेको छ । विवेकशीलकी रञ्जु दर्शनाको ३२८७, साझा पार्टीका किशोर थापाको २७५०, माओबादीका सर्बोत्तम डंगोलको ६९७ मत रहेको छ ।

ललितपुरको ताजा अपडेट
एमालेका मेयर उमेर्द्वार हरिकृष्ण ब्यन्जनकार ११५०८ मत प्राप्त गरेका छन् भने काँग्रेसका चिरिबाबु महर्जनले १३०२३ मतसहित पुनः १३७६ भोटले अग्रता जमाएका छन् । साझा पार्टीका रमेश महर्जको ४२८१, माओबादी केन्द्रका दिनेश महर्जनको १३५२ मत, फोरम।नयाँशक्ती मदन महर्जनको १०८ मत रहेको छ । ललितपुरको उपमेयरमा काँग्रेसकी गीता सत्यालको ९८१५ र राप्रपाका बाबुकाजी प्रधानले ६०९२ मत प्राप्त गरेका छन, तेस्रो स्थानमा ललितपुरको मेयर उमेर्द्वारमा पनि काँग्रेस र एमाले उमेर्द्वारबीच अग्रतामा ब्यापक प्रतिस्पर्धा देखिएको छ भने उपमेयरमा काँग्रेसले शुरुदेखि नै अग्रता कायम गरिरहेको छ ।

भरतपुरको ताजा अपडेट
प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल मेयर उमेर्द्वार भएको भरतपुर महानगरमा पनि सबैको मतगणनामा चासो रहेको देखिन्छ उक्त महानगर क्षेत्रमा एमालेका तर्फबाट उमेर्द्वार बनेका देवी ज्ञवालीले ११५८४ मत प्राप्त गरेका छन् भने प्रधानमन्त्री दाहाल पुत्री रेणुले १११४१ मत प्राप्त गरेकी छिन् । मेयरमा तेस्रो स्थानमा राप्रपाका बद्री तिमिल्सिनाले ६११ मत प्राप्त गरेका छन् । भरतपुरको उपमेयरमा काँग्रेसकी पार्वती शाहको ८६५६ र एमालेकी दिव्या आचार्यको ७९६४ मत पाएकी छन् । भरतपुर उपमेयरमा शुरुवातीदेखीनै काँग्रेसकी पार्वतीले लिड गर्दै आईरहेकी छिन् ।

पोखराको ताजा अपडेट
नेपालको प्रमुख पर्यटकीय नगरी मानिने पोखरा उपमहानगरपालीकामा एमालेका तर्फबाट मेयर उमेर्द्वार बनेका मानबहादुर जिसीले अग्रता कायम गरेका छन् । काँग्रेसका रामजी कुँवरको १२१४४ हुंदा जिसीको १२५९५  मत छ । काँग्रेस उमेर्द्वारको तुलनामा एमाले उमेर्द्वार अग्रस्थानमा छन् । पोखरा उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुगं ११९१६ मत र काँग्रेसकी सरस्वती गुरुगं सरस्वतीको १०८८१ मत छ । पोखरा उपमेयरको मतगणनामा शुरुवातीदेखि नै काँग्रेसकी सरस्वतीलाई एमालेकी मञ्जुले पछिपार्दै लगेकी छिन् ।