आर्थिक

यति एयरलायन्स र संयुक्त राष्ट्र संघबीच साझेदारी गर्ने

काठमाण्डौ । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्र संघको कार्यलयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धन गर्नका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन । एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समता मुलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहासिक एवम् विश्वव्यापी दस्तावेज हो ।

यस सहकार्य अन्र्तगत राष्ट्र संघ र यति एयरलायन्सले दिगो विकास लक्ष्य सम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन । यस सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबीन्युनीकरण र लैङ्गिक समनता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमानयाँ र दिगो व्यावसायिक मोडे लको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ यती एयरलाईन्सले बताएको छ ।

नेपाललगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमाअवलम्बनगरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्य हासिल गर्नै निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेका छ ।
ललितपुरको पुल्चोक स्थित युएनहाउसमा भएको समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुखकार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका थिए ।

‘नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयर लायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमापाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ । यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ ।’ युनडीपी नेपालकानिर्देशक रेनो मेयर ले भने ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्रजिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाजलगायत सबै नागरिकके जिम्म्ेवारी हो । यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबै तहका कार्यक्रमको योजना, कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै लक्ष्यप्राीप्तमा निर्भर रहन्छ ।’

‘हामीले उडान मात्र नगरी सम्भव भएसम्म हरेक समाजको विकासका कार्यमा सक्दो सहयोग गर्नु हाम्रो नियमित अभ्यास र पहलकदमी हो ।’ यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले भने । ‘जिम्मेवार व्यवसाय गरिरहेको एक कम्पनी भएकाले विश्वव्यापी लक्ष्य हासिल गर्नका लागि राष्ट्रसंघसँग सहकार्य गर्न पाँउदा हामी खुसी भएका छौं । यस अवसरमा हामी अन्य निजी क्षेत्रलाई समेत राष्ट्रसंघ र नेपाल सरकारसँग हातेमालो गर्दै विश्वव्यापी लक्ष्य हाँसिलमा सघाउन आह्वान एवम् प्रोत्साहन गर्दछौं ।’