राजनीति

ललितपुरमा काँग्रेसका चिरिबाबु महर्जन र गीता दुबै धेरै मतान्तरले अग्रस्थानमा

ललितपुर । ललितपुर माहानगरमा काँग्रेसका चिरिबाबु महर्जनले १२५२९ मतले अग्रस्थान जमाउन सफल भएका छन् । एमालेका हरिकृष्ण ब्यन्जनकारको १११४७ मत छ । ब्यञ्जनकार भन्दा महर्जन १३८२  मतले अगाडी छन् ।

दुबै उमेर्द्वारले आफूहरुले जित्ने दावी गरेका भएपनि अन्तिम मतगणनाबाट महर्जन र ब्ययञ्जनका्को मत अन्तर धेरै बढ्दै गएको छ । कडा प्रतिस्पर्धा भएपनि कांग्रेसका महर्जनले जित हाँशिल गर्ने चियापसलहरुमा गफ भएको सुनिन्छ ।

साझा पार्टीका रमेश महर्जनले ४२८१, माओबादी केन्द्रका दिनेश महर्जनले १३५२, नयाँशक्तीका मदन महर्जनले १०८ मत ल्याएका छन् । उपमेयरमा भने काँग्रेसकी गीता सत्यालले शुरुवातीदेखि नै अग्रस्थान हाशिल गरेको कायम गरेकी छिन् । हाल ७४५६ मत गीता सत्यालको छ भने ५३१९ मत शोभा शाक्यको छ ।