पु.समाचार

एमालेको खस्किएको तराई जनमतलाई क्याँस गर्ने यस्तो छ काँग्रेस रणनीति

काठमाडौँ । पहिलो चरणको निर्बाचनको नतिजाको अन्तिम परिणाम नआईकन मुलुकको सबैभन्दा ठुलो दल नेपाली काँग्रेस जेठ ३१ गते हुने निर्बाचन परिणाम आफ्नो पोल्टामा पार्ने रणनीतिमा रहेर सकृय हुने भएको बताईएको छ । त्यसका लागी काँग्रेसले १, २, ५ र ७ प्रदेशमा जेठ १२ गतेभित्र आफ्ना उमेर्द्वार तोकिसक्ने र काँग्रेसले दाबी गरेजस्तो तराईका ४६१ वटै  स्थानीय तहमा आफ्नो प्रमुत्व जमाउने लक्षका साथ अडाडी बढेको पार्टीले जनाएको छ ।

पहिलो चरणमा सोचेजस्तो नतिजा नआएके ठहर गर्दै पार्टीका हरेक तह र तप्काकानेता तथा कार्यकर्ताहरुलाई निर्बाचनमा सफलता हाँशिल गर्ने अभियानमा सकृय हुन निर्देशन समेत नेपाली काँग्रेसले दिएको छ ।

काँग्रेस शीर्ष नेताको बिहीबर केन्द्रीय कार्यालयमा बसेको बैठकले दोस्रो चरणको निर्वाचनका लागि पार्टीको रणनीति तय गर्दै पार्टीका उम्मेदवारलाई आवश्यक तयारी गर्न सो निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

बैठकले निर्वाचनमा सबैको सहभागिताका लागि आवश्यक वातावरण बनाउन पहल लिने निर्णय गरेको छ । काँग्रेसले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्तावलाई पारित गरी मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागिता गराउन अन्य दलसँग परामर्श गर्ने तयारी थालेको छ ।

बैठकमा निर्वाचनको मतगणनाबाट प्राप्त भइरहेको परिणामका बारेमा समीक्षा हुनाका साथै दोस्रो चरणको निर्वाचनमा अझ प्रभावकारी रुपमा तयारी थाल्नेबारेमा समेत छलफल भएको पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिए ।

काँग्रेस नेतृत्वमा सरकार गठन गर्ने सम्बन्धमा छलफल भएको जानकारी दिँदै महामन्त्री कोइरालाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच यसअघि भएको समझदारीअनुसार नै सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने अपेक्षा गरेका छन् ।

काँग्रेसले हाल प्राप्त भइरहेको मतपरिणामलाई सोचेको जति राम्रो नभएको निष्कर्ष निकाल्दै आगामी निर्वाचनमा अझ राम्रो परिणाम ल्याउने गरी तयारी गर्न पार्टीका सबै संयन्त्र र भ्रातृ एव्म शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।