राजनीति

नवराज सिलवाल नै आईजीपी हुन्छन् त ?

काठमाण्डौ । प्रधानन्यायधीश शुशीला कार्कीले डीआईजीपी नवराज सिलवालको मुद्धा हेर्न ७ जना न्यायधीशको पूर्ण ईजलास बनाएकी छिन् । माहाअभियोग लगाएपछि पुनर्बहाली भएकी प्रधानन्यायधीश कार्कीले बिबादमा नआउन कुनैपनि मुद्धा नहेर्ने अनुमान लगाउ पनि बिहीबार फैसला हुने गरी चोलेन्द्र शमशेर जबरा, देवेन्द्र गोपाल श्रेष्ठ, जगदीश शर्मा पौडेल, केदार प्रसाद चालिसे, दिपक कुमार कार्की, तेजबहादुर केसी र सपना प्रधान मल्लको पूर्ण ईजलास तोकेकी हुन् ।

सिनियर भएका कारण आफू आईजीपी बन्नुपर्ने माग राख्दै सर्बोच्च अदालतमा मुद्धा दायर गरेका नवराज सिलवाल र आईजीपी प्रकाश अर्यालले सिलवाल बिरुद्ध आलेको लगायतको आईजीपी बिबादका सम्पूर्ण मुद्धाहरु ईजलासले टुंगो लगाउने अनुमान गरिएको छ ।

सरकारले डीआईजीपी जयबहादुर चन्दलाई आईजीपी बनाएपछि परेको रिटमा सर्बोच्च अदालतले सुनुवाई गर्दै तत्काल सपथ रोकि सिनियरलाई आईजीपी बनाउन आदेश दिएपछि सरकारले जयबहादुर चन्दलाई सपथ नख्वाई नम्बरका आधारमा प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेको थियो । प्रकाश अर्याललाई मन्त्रीपरिषद बैठकले राती नै नियुक्त गरि राती नै सपथ ख्वाए पनि भोली पल्ट बिहान नवराज सिलवालले सर्बोच्च अदालतमा पुनः रिट हालेका भएपनि उक्त दिन सर्बोच्चले आन्तरिम आदेश दिएको थिएन ।

आज बिहीबारको पूर्ण ईजलासले सरकारले नम्बरका आधारमा बनाईएका आईजीपी प्रकाश अर्याललाई निरन्तरता दिन्छ वा नवराज सिलवाललाई आईजीपी बन्न बाटो खोल्छ वा जयबहादुर चन्दका बारेमा केही बोल्छ त्यो भने केहिबेर पर्खेपछि थाहापाईएला तर पूर्णईजलासले आईजीपी बिबादको टुंगो भने लगाउछ ।