समाचार

ढोरपाटन र बडीगाढमा एमाले विजयी

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । दुई हजार ६९२ मत ल्याएर एमालेका देवकुमार नेपाली प्रमुख पदमा निर्वाचित भएका छन्। उपप्रमुख पदमा पनि एमालेकै करमती घर्तीले दुई हजार ७९ मत ल्याएर विजयी भएकी छन् ।

यस्तै, जिल्लाको बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्ष पदमा निर्वाचित भएको समाचार छ । उपाध्यक्ष पदमा भने नेपाली काँग्रेसका अम्मरबहादुर श्रीस विजयी भएका छन् ।

योसँगै एमालेले जिल्लाका तीनवटा स्थानीय तहमा विजय हासिल गरेको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा नेपाली काँग्रेसले तीन, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले एक/एक स्थानमा जित हासिल गरेका छन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको भने मतगणना जारी छ । बागलुङ नगरपालिकामा एमालेले अग्रता लिएको छ भने जैमिनीमा नेपाली काँग्रेस अगाडी छ ।