पु.समाचार

पोखराको मेयर मत गणनामा काँग्रेसले उछिन्यो, कुँवर भन्छन्, ‘जित शुनिश्चित छ’

पोखरा । पोखरा लेखनाथ माहानगरपालिकामा नेपाली काँग्रेसका मेयर उमेर्द्वार रामजी कुंवरले एमाले उमेर्द्वारलाई पछि पारेका छन् । कँग्रेसका कुंवरले ९१८६ मत प्राप्त गरेका छन् भने एमालेका मानबहादुर जिसी ८८२९ प्राप्त गरेका छन् । काँग्रेसका उमेर्द्वारले ल्याएर ३५७ मतले अग्रस्थान कायम गरेका छन् ।
उपमेयरमा ८८९५ मत ल्याएर एमालेकी मञ्जुदेवी गुरुगं अग्रस्थानमा छिन् । काँग्रेसकी सरस्वती गुरुगंको ७६९७ मत छ । पोखरामा मेयरमा काँग्रेस र एमालेको अग्रस्थान कायम गर्नेमा होडबाजी चलिरहेको छ । पोखरामा काँग्रेस उमेर्द्वार कुंवरले आफ्नो जित हुने ठोकुवा गरेका छन् ।
काठमाण्डौ, ललितपुरमा समेत यस्तै अग्र स्थान कायम गर्नेमा काँग्रेस, एमालेको जुहारी चलिरहेको छ। पोखरा मुलुकको प्रमुख पर्यटकीय नगरी भएकोले पनि राजनीतिक रुपमा अर्थपूर्ण महानगर हो ।