राजनीति

डा. शसांँकको निर्बाचन जिल्ला नवलपरासी काँग्रेसको किल्ला हुंदै, मध्यबिन्दु र देउचुली नगर सहित अधिकाँस तहमा काँग्रेसको जित

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शसांक कोईरालाको निर्बाचन क्षेत्र पर्ने जिल्ला नवलपरासीमा काँग्रेसले अधिकाँस तहहरुमा जित हाँशिल गर्दै गएको छ । मध्यबिन्दु नगरपालिकामा चन्द्रबहादुर रानाले मेयरमा १०, १९६ मतसहित विजयी भए, भने उपमेयरमा समेत कााग्रेसका नै ओमकुमारी महतोले १०८३५ मतसहित विजयी भईन् । मेयर र उपमेयरमा निकट्तम प्रतिद्वन्दीका रुपमा एमालेका भीमलाल अधिकारी र जोगमाया महतो रहेका छन् । उनीहरुले क्रमसः १००३५ र १००३३ मत ल्याएर पराजित भए ।

नवलपरासीको देवचुली नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार पूर्णकुमार श्रेष्ठ ८५७९ मत अन्तरले विजयी भएका छन्। निकटतम् प्रतिद्वन्दी एमालेका हरी न्यौपानेले ८५१० मत ल्याएर पराजित भए ।

यसैगरी उपप्रमुखमा भने नेकपा (एमाले) की उम्मेदवार पार्वती तिवारी ८७५१ मत ल्याएर काँग्रेसकी लक्ष्मी बास्ताकोटीलाई झिनो मतले पराजित गर्न सफल भएकी छिन् । कााग्रेसकी बास्टाकोटीले ८३९१ मत ल्याएकी छिन् ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठ वटा तहका निर्वाचनमध्ये हालसम्म पाँच वटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ, जसमा अधिकाँस नेपाली काँग्रेसले जित हाँशिल गरेको छ ।

चारवटै गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारले विजयी हासिल गरेका छन् भने मतगणना पूरा भएको देवचुली, मध्यबिन्दु नगरपालिकाको प्रमुखमा पनि नेपाली काँग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

यसअगावै बुलिटार हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ ।