राजनीति

को कति अग्रस्थानमा छ ? काठमाण्डौ र भरतपुरपछिमात्र किन जनताले दिए पोखरा र ललितपुरातिर नजर !

काठमाण्डौ । मतगणना आउने क्रम जारी छ, एकातिर राजधानी भएका कारण काठमाण्डौ माहानगरतिर सबैका कान गएका छन् । अर्कोतिर प्रधानमन्त्री पुत्री रेणु दाहाल उमेर्द्वारी बनेकी र उनलाई काँग्रेसले साथ दिएको कारण चासोको बिषय बनेको छ । काँग्रेसले साथ दिएपनि रेणु एमालेका उमेर्द्वार देवी ज्ञवाली भन्दा १५ सय भन्दा बढी मतको फराकिलो अन्तरले पछाडी देखिन्छिन् ।

भरतपुरको उपमेयरमा भने काँग्रेसकी पावर्ती शाहको पल्ला भारी छ । काठमाण्डौ र पोखरा पछि, ललितपुर र पोखरा राजनीतिक र ब्याबशायीक रुपमा महत्वपुर्ण माहानगर भएकाले पनि सबैको चासो त्याता गएको छ ।

यसैबीच रोमाञ्चक मतपरिणाम सुन्न आतुर संसारभरका नेपालीहरुका लागी ११२ तहको मतगणना सार्बजनिक हुंदा ४६ स्थानमा एमालेले जित हाँशिल गरेको छ भने ४१ तहमा नेपाली काँग्रेसले जितेको छ । तहमा बिहान काँग्रेसको बढी भएपनि दिउसो हुंदै गएपछि एमालेले आफ्नो स्थान बढाउदै गएको छ । मेयर उमेर्द्वारमा पोखरा र ललितपुरको मेयरमा काँग्रेस र एमलेको टक्कर छ ।

माओबादी केन्द्रले २० स्थानमा आफ्नो जित हाँशिल गरेर आफ्नो संबिधानसभामा कायम गरेको तेस्रो स्थान कन्र्फम बनाएको देखिएको छ भने राप्रपाले १ स्थान जितेर खाता खोलेको छ । यसका साथसाथै डा. बाबुराम भट्टराईको नयाँशक्तीले पनि उनको गृहजिल्ला गोरखामा खाता खोलेको छ । स्वतन्त्र ३ स्थानमा जित हाँशिल गरेका छन् ।  प्रधानमन्त्री दाहालपुत्री भरतपुको उमेर्द्वार हुन र राजधानी काठमाण्डौ भएका कारण ससर्बाधिक महत्व काठमाण्डौ र भरतपुरतिर गएको हुनसक्छ ।

प्रदेश नम्बर ३, ४ र ६ को मतपरिणाम सार्बजनिक हुने क्रम जारी छ, पहिलो चरणको निर्बाचन सम्पन्न भएका यी तीन प्रदेशमा जम्म्मा २८३ स्थानीय तहहरु छन् । स्वतन्त्र उमेर्द्वारले  ३ स्थानमा जित हाँशिल गरेका छन् ।
डा. बाबुराम भट्टराईको नयाँशक्ती पार्टी र राप्रपाले आफूहरुलाई बत्ति बालेर खोज्नुपर्ने अवस्था देखिएके छ ।