राजनीति

 बेनी नगरपालीकाको मेयरमा काँग्रेसका हरिकुमार श्रेष्ठ विजयी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठले पाँच हजार ६७९ मत ल्याएर निर्वाचित भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमोद श्रेष्ठले पाँच हजार ६३४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा तीन हजार ९९५ मत प्राप्त गरेर राप्रपाकी सञ्जु बरुवाल विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उप-प्रमुखमा (माओवादी केन्द्र)की ज्योति लामिछाने पौडेलले तीन हजार ९६१ मत प्राप्त गरेका छन् । १८ हजार ३४५ मतदाता रहेको बेनी नगरपालिकामा १३ हजार १२८ मत खसेको थियो । बेनपाको १० वटा वडामध्ये आठवटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

एमालेका टेकबहादुर रावल वडा नं १ मा, हिराबहादुर थापा वडा नं २, गोविन्द पौडेल वडा नं ४, लक्ष्मण बानिया वडा नं ५ मा, कृष्णबहादुर बानिया वडा नं ६ मा, राजेन्द्र श्रेष्ठ वडा नं ७ मा, रामकृष्ण बराइली–८ मा, बेलबहादुर चोखाल ९ मा निर्वाचित भएक छन् । बेनपा १० मा काँग्रेसका रिम रोका र ३ मा स्वतन्त्र उमेदवार पदम पुन वडा अध्यक्षमा निर्वाचित भएका छन् ।