आर्थिक

एनआईसी एशिया बैंकका एकैदिन ९ शाखा उद्घाटन

काठमाण्डौ । एनआईसी एशिया बैंकले नौ शाखाहरुको एकै साथ बुधबार एक समारोहका बिच समुद्घाटन सम्पन्न भएका छन् । ती शाखाहरु मध्ये सौ–फर्साटिकर स्थित ९१ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य,  सुरेन्द्र प्रसाद श्रेष्ठ, धकधई स्थित ९२ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य,  कृष्ण प्रसाद शर्माले, भुमही स्थित ९४ औं शाखाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य, श्री भिम बहादुर थापाले, बाँसगढी स्थित ९५ औं शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, नेपालगंज कार्यालयका निर्देशक  गुरु प्रसाद पौडेलले, पर्सा स्थित ९६ औं शाखाको उद्घाटन खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष, गुण राज श्रेष्ठले

यसैगरी, टाँडी स्थित ९७ औं शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष,  ज्ञान बहादुर बिसुरालले, दुलेगौडा स्थित ९९ औं एवं भिमाद स्थित १०३ औं शाखाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष,  कृष्ण राज पण्डितले, हाकिम चोक स्थित १०१ औं शाखाको उद्घाटन चितवन उद्योग वाणिज्य संघका अध्यक्ष  राजन गौतमले गरेका छन् । यी ९ शाखाका विधिवत् समुद्घाटनसँगै एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुलाई देशभरीका १०७ वटा शाखाहरुबाट सेवा प्रदान गर्न सुरु गरेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक भएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जनाएको छ ।