पु.समाचार

मालिका गाँउपालिकामा काँग्रेसका श्रीप्रसाद रोक्का विजयी

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित भएका छन् ।

दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित भएका हुन् । रोकाका प्रतिस्पर्धी नेकपा (एमाले)का बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त ग्ेका छन् । उपाध्यक्षमा एमालेकी खरमाया बिटालुले दुई हजार ६९१ मत प्राप्त गरी विजयी भएका छन् ।

बिटालुकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी विमला रोकाले दुई हजार ६६४ मत प्राप्त गरे । वडा नं ७ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार रेशम जुक्जालीले ३६५ मत प्राप्त गरी निर्वाचित भए ।

जुक्जालीका प्रतिस्पर्धी एमालेका टुकलाल पुनले २९२ मत प्राप्त गरेका छन् । वडा सदस्यमा स्वतन्त्र प्यानलका चनदेवी पुन (३४५), सरु श्रीपाली (३४६), वुद्धिबहादुर जुक्जाली (३३७) र गोरखबहादुर जुक्जाली (३२३) मत ल्याएर निर्वाचित भएका छन् । एक हजार १५२ मतदाता रहेको सो वडामा ७९७ मत खसेको थियो ।

मालिकाको वडा नं १ मा नेपाली काँग्रेसका टङ्क पुन, २ मा एमालेका नरबहादुर पुन, ३ नं मा एमालेका हेमबहादुर पुन, ४ नं मा (माओवादी केन्द्र)का दिलीप शेरचन, ५ नं मा काँग्रेसकी पिपला बुढाथोकी, ६ नं मा एमालेका सन्तनाथ जैसी निर्वाचित भएक हुन् ।

दश हजार ६४४ जना मतदाता रहेको मालिका गाउँपालिकामा सात हजार १४ मत खसेको थियो ।