पु.समाचार

भक्तपुरमा नेपाली काँग्रेसको प्यानल विजयी

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सुरज खड्कासहितको प्यानल विजयी भएको छ ।

खड्काले एक हजार ४६२ मत ल्याई अध्यक्षमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका अष्टकुमार कवेँले एक हजार १२४ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरी नेपाली काँग्रेसका उम्मेदवारहरु महिला सदस्यमा विजयीलक्ष्मी द्वारे, दलित महिला सदस्यमा नानी विश्वकर्मा, खुल्ला सदस्यमा रत्न कुमाल र अर्का सदस्यमा सूर्यमान मुस्याङ विजयी भएका छन्।

यता मध्यपुरथिमि नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार अष्टकुमार कवेँको प्यानल, सूर्यविनायक नगरपालिकामा एमालेका उम्मेदवार वासुदेव थापाको प्यानल र भक्तपुर नगरपालिकामा नेमकिपाको प्यानल अग्रस्थानमा रहेको छ ।