पु.समाचार

तरुण दल लमजुङका अध्यक्ष पाण्डे मध्यनेपाल नगरपालीकाको मेयरमा विजयी

काठमाण्डौ । लमजुङको मध्यनेपाल नगरपालीकाको मेयरमा नेपाली काँग्रेसले जित हाँशिल गरेको छ । नेपाल तरुण दलका जिल्ला अध्यक्ष समेत रहेका रमेशकुमार पाण्डे उक्त नगरपालीकाको मेयरमा ५९६१ मत सहित जित हाँशिल गर्न सफल भएका हुन् ।

उपमेयरमा भने नेकपा एमालेका राजकुमार क्षेष्ठ बिजय भएको समाचार छ । उक्त क्षेत्रमा एमलेसंग तीब्र प्रतिश्पर्धा भएपछि अन्त्यमा पाण्डेले प्रत्यासीलाई भारी मतले हराउन सफल भएका छन् । नब-निर्बाचित मेयर पाण्डेले जितपछि आफू उक्त क्षेत्रका जनतासंग रिणी भएको प्रतिकृया दिएका छन् भने उनले अघिसारेका बिकासका मोडलहरु बिस्तारै पुरा गर्ने दाबी समेत गरेका छन् ।