पु.समाचार

यस्तो छ एकाबिहानै सम्मको माहानगरपालीकाहरुको मतगणना नतिजा !

काठमाण्डौ । एकदमै ढिलो मतगणना गरेको भनेर सर्बसाधारण सम्मको आलोचना खेपिरहेको निर्बाचन आयोगले अहिले सम्मको नतिजा अनुसार ५७ स्थानीय तहको मत परिणाम गणना गर्दा नेपाली काँग्रेसले १९ तहमा विजयी हाँशिल गरेको छ भने नेकपा एमालेले २४ तहका विजयी हाँशिल गरेर काँग्रेसलाई जितेको छ । माओबादी केन्द्र शुरुवातीदेखिको तेस्रो स्थान कायम नै राखेको छ । स्वतन्त्रमा १ जना जितेको थियो अर्को १ थएिर २ भएका छन् । मतगणना अग्रतामाभने अहिले सम्म काँग्रेसले नै उछिनिरहेको छ एमालेलाई, माओबादीको तेस्रो स्थान कायम नै छ । तलमाथी हुने क्रम जारी छ ।

काठमाण्डौ माहानगर ताजा अपडेट
सर्बाधिक चासोको रुपमा हेरिएका चार माहानगरमध्ये राजधानीको काठमाण्डौ माहानगरमा घरि एमालेका विद्यासुन्दर शाक्य र घरि काँग्रेसका राजुराज जोशीले अग्रस्थान कायम गर्ने होडबाजी चलिरहेको छ । बिहानको अपडेट अनुसार बिद्यासुन्दर शाक्यको १०३३ र राजुराज जोशीको ८४० मत छ । काठमाण्डौमा उपमेयरमा भने काँग्रेसकी हरिप्रभा खड्गीको अग्रस्थान कायम छ । हरिप्रभालाई राप्रपाका राजाराम श्रेष्ठले पछ्याईरहेका छन् । हरिप्रभाको ९४२ र राजारामको ६४१ मत छ ।  काठमाण्डौको मतगणना अन्तको भन्दा ज्यादै ढिलो भयो भनेर सर्बत्र बिरोध आएपछि निर्बाचन आयोगले ठाडा कान लगाएको देखिदैन ।

ललितपुरको ताजा अपडेट

एमालेका मेयर उमेर्द्वार हरिकृण्ण ब्यन्जनकार ५७७९ मत प्राप्त गरेका छन् भने काँग्रेसका चिरिबाबु महर्जनले ६०८४ मतसहित पुनः केहि भोटले अग्रता जमाएका छन् । ललितपुरको उपमेयरमा काँग्रेसकी गीता सत्यालको ४६४७ र राप्रपाका बाबुकाजी प्रधानले २३१७ मत प्राप्त गरेका छन, तेस्रो स्थानमा माओबादीका हशिना शाक्यले १९८५ मत प्राप्त गरेका छन् । ललितपुरको मेयर उमेर्द्वारमा पनि काँग्रेस र एमाले उमेर्द्वारबीच अग्रतामा ब्यापक प्रतिस्पर्धा देखिएको छ भने उपमेयरमा काँग्रेसले शुरुदेखि नै अग्रता कायम गरिरहेको छ ।

भरतपुरको ताजा अपडेट

प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्री रेणु दाहाल मेयर उमेर्द्वार भएको भरतपुर महानगरमा पनि सबैको मतगणनामा चासो रहेको देखिन्छ उक्त महानगर क्षेत्रमा एमालेका तर्फबाट उमेर्द्वार बनेका देवी ज्ञवालीले २२५७ मत प्राप्त गरेका छन् भने प्रधानमन्त्री दाहाल पुत्री रेणुले १५७७ मत प्राप्त गरेकी छिन् । मेयरमा तेस्रो स्थानमा राप्रपाका बद्री तिमिल्सिनाले १६४ मत प्राप्त गरेका छन् । भरतपुरको उपमेयरमा काँग्रेसकी पार्वती शाहको १५२७ र एमालेकी दिव्या आचार्यको १२७८ मत पाएकी छन् । भरतपुर उपमेयरमा शुरुवातीदेखीनै काँग्रेसकी पार्वतीले लिड गर्दै आईरहेकी छिन् ।

पोखराको ताजा अपडेट

नेपालको प्रमुख पर्यटकीय नगरी मानिने पोखरा उपमहानगरपालीकामा एमालेका तर्फबाट मेयर उमेर्द्वार बनेका मानबहादुर जिसीले अग्रता कायम गरेका छन् । काँग्रेसका रामजी कुँवरको ३६४२ हुंदा जिसीको ५२२० मत छ । काँग्रेस उमेर्द्वारको तुलनामा एमाले उमेर्द्वार भारी मतान्तरले अग्रस्थानमा छन् । पोखरा उपमेयरमा एमालेकै मञ्जुदेवी गुरुगं ४४७२ मत सहित काँग्रेसकी सरस्वती गुरुगं भन्दा अग्रस्थानमा छिन् । काँग्रेसकी सरस्वतीको ३३१२ मत छ । पोखरा उपमेयरको मतगणनामा शुरुवातीदेखि नै सरस्वतीलाई मञ्जुले पछिपार्दै लगेकी छिन् ।