राजनीति

काठमाण्डौ महानगरको साँझसम्मको मतगणना परिणाम यस्तो छ (अपडेट)

काठमाण्डौ । मुलुकको सबैभन्दा महत्वपूर्ण राजधानी काठमाण्डौको नतिजामा पुनः काँग्रेस उमेर्द्वार राजुराज जोशी अगाडी देखिएका छन् ।

पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसका उमेर्द्वार राजुराज जोशी ५८१ मतसहित अग्रस्थानमा छन् । एमालेका मेयर उमेर्द्वार विद्यासुन्दर शाक्य  ५४९  मतसहित दास्रो स्थानमा खुम्चिएका छन् । विवेकशील पार्टीबाट उमेर्द्वारी दिएकी रञ्जु दर्शनाको २३३ मत छ भने पूर्व सचिब किशोर थापाको २३२ मत छ । किशोर र रञ्जुमा पनि घरि तेस्रो घरि चौथो हुने होडबाजी चलिरहेको छ ।

तीन पटक भन्दा बढी निर्बाचनको अन्तिम परिणाम सुनाउदा काठमाण्डौमा काँग्रेसले हार्यो भनेर एमालेहरु खुसीयाली मनाउन थालेका थिए भने काँग्रेसीहरुमा निरासा छाएको थियो ।  पछिल्लो मतगणना परिणाम सुनेपछि पश्चात  काँग्रेसीजनहरु काठमाण्डौमा आफ्ना उमेर्द्वारको मत अग्रस्थानमा देखिएपछि उत्शाह प्रकट गर्न थालेका छन् ।

माओबादी केन्द्रका सर्बोत्म डंगोलले ३१ मत पाएका छन् । झण्डै दुई लाख मत गणना गर्न बाँकी हुनाले यसले नै जित हाँशिल गर्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था भने छैन ।

कटमाण्डौको उपमेयरमा भने शुरुदेखि नै लिड गरेकी काँग्रेस उमेर्द्वार हरिप्रभा खड्गीले २१५ मतले अग्रस्थानमा छिन् भने राप्रपाका तर्फबाट उपमेयर उमेर्द्वार बनेका राजाराम श्रेष्ठले १७१ मत ल्याएका छन् ।