राजनीति

पछिल्लो मतगणना अनुसार काठमाण्डौमा काँग्रेसका राजुराज जोशीले एमालेका शाक्यलाई जिते(अपडेट)

काठमाण्डौ । मुलुकको सबैभन्दा महत्वपूर्ण राजधानी काठमाण्डौको नतिजा एकपछि अर्को गर्दै झुक्याईरहेको छ, पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसका उमेर्द्वार राजुराज जोशी  ४८२ मतसहित अग्रस्थानमा छन् । एमालेका मेयर उमेर्द्वार विद्यासुन्दर शाक्य  ३५६ मतसहित  दास्रो स्थानमा खुम्चिएका छन् । विवेकशील पार्टीबाट उमेर्द्वारी दिएकी रञ्जु दर्शनाकामे  २६० मत सहित तेस्रोस्थान छ भने पूर्व सचिब किशोर थापाको १९३ मत ल्याएर चौथो स्थानमा छन् ।
तीन पटक भन्दा बढी निर्बाचनको अन्तिम परिणाम सुनाउदा काठमाण्डौमा काँग्रेसले हार्यो भनेर एमालेहरु खुसीयाली मनाउन थालेका थिए भने काँग्रेसीहरुमा जिनरासा छाएको थियो ।
माओबादी केन्द्रका सर्बोत्म डंगोलले ३१ मत पाएका छन् । झण्डै दुई लाख मत गणना गर्न बाँकी हुनाले यसले नै जित हाँशिल गर्छ भनेर ठोकुवा गर्न सक्ने अवस्था भने छैन ।