राजनीति

हालसम्म काँग्रेसको अग्रता कायमै, काँग्रेस र एमालेबीच तिब्र प्रतिस्पर्धा हुने आँकलन (नाम सहित)

काठमाण्डौ । देशभर ३, ४ र ६ प्रदेशको  २८३ तहमा  सम्पन्न भएको निर्बाचनको मत गणना भईरहेको छ भने कतीपय तहको मतपरिणाम सार्बाजनिक भईसकेको छ । अहिले सम्मको मतगणना अनुसार नेपाली काँग्रेस अग्रस्थान कायम गरिरहेको छ । २ सय ८३ स्थानीय तहको मतपरिणामको भबिश्य अहिले सम्म गनिएको २३ तहको नतिजाले दिन नसकेपनि नेपाली काँग्रेसको अग्रता कायम नै छ ।
काँग्रेस ९ स्थानमा आफ्नो जित हाँशिल गरेर अग्रस्थानमा छ भने एमाले ८ स्थान हाँशिल गरेर दोस्रो स्थानमा छ, मचाओबादी केन्द्र ६ स्थान हाँशिल गरेर तेस्रो स्थानमा छ । एक स्थानमा स्वतन्त्र उमेर्द्वारले जित हाँशिल गरेका छन् ।

काँग्रेसले जित हाँशिल गरेका तहहरुः १.कुशे गाउँपालिका, जाजरकोट, २.बुङदीकाली गाउँपालिका, नवलपरासी ३.तमानखोला गाउँपालिका, बाग्लुङ, ४.नाशोङ गाउँपालिका, मनाङ, ५.नार्फु गाउँपालिका, मनाङ ६.बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ, ७.थासाङ गाउँपालिका, मुस्ताङ, ८.लोमन्थाङ गाउँपालिका, मुस्ताङ , ९.डुंगेश्वर गाउँपालिका, दैलेख

एमालेले जित हाँशिल गरेका स्थानहरु
१.शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा, २.ठूली भेरी नगरपालिका, डोल्पा, ३.काइके गाउँपालिका, डोल्पा, ४.शिवालय गाउँपालिका, जाजरकोट, ५, चामे गाउँपालिका, मनाङ, ६.नेस्याङ गाउँपालिका, मनाङ, ७, घरपझोङ गाउँपालिका, मनाङ, ८.भखैरै जित हाशिल
माओबादीले जितेका तहहरु
१.मुड्केचुला गाउँपालिका, डोल्पा, २.जगदुल्ला गाउँपालिका, डोल्पा, ३.गुठचौर गाउँपालिका, जुम्ला, ४.हिमा गाउँपालिका, जुम्ला, ५.सान्नी त्रिवेणी गाउँपालिका कालिकोट, ६.सानीभेरी गाउँपालिका, रुकुम र एक तेन्जोङ छोरोङले मुस्ताङबाट अध्यक्षमा स्वतन्त्रबाट जितेका छन् ।

देशभरको नतिजा एकदमै ढिलो काउण्ट भईरहेको छ । चारवटै माहानगरपालीकामा एमलेको अग्रता कायम छ भने मुलुकभरका स्थानीय तहको नतिजा हेर्दा काँग्रेसको अग्रता कायम नै देखिएके छ । माओबादी केन्द्रको नतिजा त्यती उत्साहजनक हुँदैन भन्ने आँकलन राजनीतिक बृतबाट भएपनि तेस्रो स्थानमा सम्मानजनक रुपमा देखिने अहिलेसम्मको परिणामको आँकलन छ । माओबादी केन्द्रबाट अलग भएर नयाँशक्तीमा लागेका डा.बाबुराम भट्टराई यसै निर्बाचनबाट बढारिने अनुमान निर्बाचनको परिणामालाई मध्यनजर लगाउदा अनुुमान लगाउन सकिन्छ ।

काँग्रेसको अग्रता ९०, एमालेको ७९, माओबादीके ४३ स्थानमा यथावत छ, भने राप्रपा र उपेन्द्र यादब–डा.बाबुराम भट्टराई गठबन्धनको २। २ यथावत छ । काँग्रेस र एमलेको बिगतको संबिधानसभामा भएके परिणाम अनुसार नै तीब्र प्रस्पिर्धा हुने संकेत देखिएको छ ।