पु.समाचार

हेटौँडा उपमहानगर– १ मा काँग्रेस विजयी

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नं १ को मतगणना कार्य मगलबार बिहान सम्पन्न भएको छ । सो वडाको वडाअध्यक्षमा नेपाली काँग्रेसका सविन न्यौपानेले एक हजार १४५ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उत्तर न्यौपानेले एक हजार ३६ मत प्राप्त गगरे । वडाअध्यक्षमा विजय प्राप्त गरेका सविन न्यौपाने हेटौँडाबाट प्रकाशित हुने ‘साझा कुरा’ दैनिकका सम्पादक थिए ।

हेटौंडा उपमहानगरपालिकाको वडा नं २, १८ र १९ वडाको मतगणना कार्य अहिले १० बजेदेखि सुरु गर्ने मुख्य निर्वाचन अधिकृत दयाराम ढकालले बताए । रासस